कर्ण जित बुढाथोकी
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
प्रत्यक्ष निर्वाचन प्रणालि अन्तरगत एकिकृत नेकपा माओवादीको तर्फबाट हुम्ला जिल्लाबाट निर्वाचित संविधान सभा सदस्य कर्णजीत बुढाथोकी हिमाली अल्पसंख्यक ब्यासी जातिका हुनुहुन्छ। २०३५ साल माघ १० गते बदाइ -६ बदाइमा जन्मेका बुढाथोकी प्रमाणपत्र तह सम्मको अध्ययन पुरा गर्नुभएको छ। १२ वर्षको उमेरमा नै २०४७ सालमा जनमोर्चा नेपाल निकट रहेर राजनीति सुरु गरेको बताउने बुढाथोकी २०५२ सालमा योङ कम्युनीष्ट लीगको सदस्य हुनुहुन्थ्यो। २०५४ सालमा एरिया समितिको सदस्यहुँदै २०५५ सालदेखि बुढाथोकी माओवादीको पूर्णकालीन कार्यकर्ता हुनुभएको थियो। २०५८ सालमा हुम्ला मुगु जिल्ला सचिव र २०६० सालमा उहाँ ती दुई जिल्ला इन्चार्ज पनि हुनुभयो। २०६१ सालमा जनमुक्ति सेनामा समेत काम गरेका बुढाथोकीले माओवादीको बटालियन कमिसारको जिम्मेवारी पुरा गर्दै बुटवल, सुनवल, पाल्पालगायतका आक्रमणमा भाग लिनु भएको थियो।
आफ्नी पहिली श्रीमती उपाल लामालाई गर्भवती अवस्थामा नै हुम्लाको किरी क्षेत्रमा सुरक्षाकर्मीले बलात्कार पछि हत्या गरेका बुढाथोकीको बताउनुहुन्छ। बुढाथोकीका दाइको पनि शसस्त्र विद्रोह कै क्रममा हत्या भएको थियो। उहाँकी दोस्री श्रीमती ज्ञानुमाया शाही माओवादीको जिल्ला समितिकी सदस्य हुनुहुन्छ। कर्णाली स्वायत्तताका मुद्दा नै संविधानसभामा आफ्नो प्रमुख विषय हुने वुढाथोकी बताउनुहुन्छ।[१]