कर्थली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कर्थली
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लासिन्धुपाल्चोक
जनसङ्ख्या
 (१९९१)
 • जम्मा३२००
 • धर्म
हिन्दु
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

कर्थलीनेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो । कर्थली गाविस जिल्लाको पूर्वी भेगमा पर्ने गाविस हो। यस गाविसको कुल क्षेत्रफल २६.१२ वर्ग किलोमिटर छ भने जिल्ला सदरमुकामबाट १० कोष टाढा पर्दछ । भौगोलिक रूपमा कर्थली गाविस निकै विकट गाविस हो । कर्थली गाविसको पूर्वमा दोलखा जिल्ला पर्दछ भने पश्चिममा बाह्रविसे उत्तरमा मार्मिङ र दक्षिणमा घोर्थली र चोकटी गाविसहरू पर्दछन् । कर्थली गाविस लिस्ती थुम अन्तर्गत पर्दछ । यस गाविसमा तामाङ र क्षेत्रीको बाक्लो बसोबास छ । यहाँका जनताहरू कृषिमा व्यस्थ हुन्छन् । कर्थलीको मुख्य कृषि बाली कोदो मकै धान आलु जौ फापर हो। विसं २०५८ सालको जनगणना अनुसार कर्थली गाविसमा कुल घरपरिवार संख्या ७५५ र कुल जनसङ्ख्या ३६९० थियो । हिमाली दृश्यावलोकन पद यात्रा ग्रामीण भ्रमणका लागि यो गाविस प्रसिद्ध छ ।[१]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "कर्थली", merosindhu.com, अन्तिम पहुँच २०११-०७-३० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]