कल्पनादेवी सुवेदी
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
सभासद् कल्पना सुवेदी 'सिन्धु' अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय सल्लाहकार हुनुहुन्छ। २०३६ सालमा उहाँका श्रीमान् दुर्गा सुवेदी राज्यपक्षबाट मारिएपछि उहाँ राजनीतिमा सक्रिय हुनुभएको थियो। उहाँ माओवादी निकट महिलाको केन्द्रीय उपाध्यक्ष हुनुभयो १० वर्षसम्म।
पार्टीमा क्षेत्रीय समितिहुँदै विभिन्न जिम्मेवारी सम्हाल्नुभएकी सुवेदीकी छोरी वन्दना र ज्वाइ गंगा श्रेष्ठ दुवै माओवादी राज्य समिति सदस्य हुनुहुन्छ। गंगा अन्तरिम व्यवस्थापिकामा विधायक हुनुहुन्थ्यो।
सुवेदीले आफ्ना ज्वाई गङ्गासँगै साढे ३ वर्ष जेल जीवन बिताउनुभयो। ४७ वर्षीया सुवेदीले राज्यको पुनर्संरचनामा जनताका आर्थिक, सांस्कृतिक र राजनैतिक अधिकारलाई संविधानमै ग्यारेन्टी गराउनु उहाँको मूल एजेण्डा छ।[१]