कल्पना धमला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

एकिकृत नेकपा माओवादीको तर्फबाट प्रत्यक्ष निर्वाचन प्रणालिमा विजयी २३ जना महिला संविधान सभा सदस्य मध्ये कल्पना धमला धादिङ २ बाट विजयी हुनुभएको हो। ११ वर्ष सम्म पार्टीले गरेको जनयुद्ध र त्यसले जनतामा पारेको प्रभाव नै आफ्नो विजयको आधार रहेको तामाङको धारणा छ।

लक्षमी र दुर्गाप्रसादका छोरी धमलाको जन्म २०३१ साल कार्तिक २२ गते धादिङ ज्यामरुङमा भएको थियो। २०४६ साल देखि वांमपन्थी राजनीतिमा संगठित रूपमा लाग्नु भएकी धमलाले स्नातक तहसम्मको अध्ययन पुरा गर्नुभएको छ। २०४८ साल देखि सक्रिय राजनीतिमा लाग्नुभएकी धमला राजधानीको सरस्वती क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनीयनको कोषाध्यक्षको जिम्मेवारी पनि पुरा गरिसक्नुभएको छ।

२०५१ सालमा माओवादी निकट विद्यार्थी संगठनको केन्द्रीय सदस्य चुनिएकी धमला २०५३ सालमा विद्यार्थी सम्मेलनका क्रममा घाइते हुनु भएको थियो। २०५६ सालमा अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य हुनु भएको थियो। २०५८ साल देखि धमला माओवादीकी क्षेत्रीय ब्युरो सदस्य पनि हुनुभयो। २०६० सालमा ललितपुर जिल्लाकी जिल्ला सचिव भएकी धमला जनमुक्ति सेनाको कम्पनी सहकमाण्डर पनि हुनुहुन्थ्यो।

जनयुद्धकै समयमा माओवादीका केन्द्रीय सदस्य देवेन्द्र पराजुलीसँग बिहे गरेकी धमला हाल महिलाकी केन्द्रीय सचिव तथा मधेस राज्य समितिकी सदस्य पनि हुनुहुन्छ। उत्पिडित वर्ग, क्षेत्र र समाजको हितका लागि संविधान लेखिनुपर्ने र त्यस्का लागि केन्द्रित रहने धमला बताउनुहुन्छ।[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा