कल्पना प्रधान

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

कल्पना प्रधान साहित्यकार हुन् । उनको जन्म २००३ सालमा खोटाङ्ग जिल्लाको दिप्रुङ, मार्सेमा भएको हो । उनका १७ वटा बालकथासंग्रह, तीनवटा बालउपन्यास, तीनवटा बालकवितासंग्रह गरी दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनका प्रकाशित बालकथासंग्रह 'रुपैयाँ फल्ने रुख', 'मेरो सानो घोडा', 'हीरा र मोती', 'पञ्चतन्त्रका पाँचकथा', 'अर्थ न बर्थका कुरा', 'सेती परी, काली परी', 'खिच्रीमिच्री', 'अपरा', 'शोकाकूल ढुंगाहरु', 'सुनचादीको बालक', 'दयालु परी', 'घोडाको मोल', 'मित्रता', 'बीनाको बर्थडे', 'दाउरेको छोरो', 'हिमकन्या' र 'मामाको बिहे' हुन् । उनका बालउपन्यास 'खरायो र उसको छाया' -यो पुस्तक फेरि 'खरायो र छाया' शिर्षकमा प्रकाशित छ), 'ल्वादे र ग्वादे' र 'पराक्रमी फर्सी' हुन् । उनका तीन बालकवितासंग्रह 'चिं मुसी चिं', 'नानीका साना कविता' र 'मेरो सानो खरायो' हुन् । उनले रत्न बालकोष पुरस्कार, बालसाहित्य समाज पुरस्कार, समाज कल्याण बाल पुरस्कार, शिशु सेवा बाल पुरस्कार, देवकुमारी थापा बालसाहित्य पुरस्कार सहित सात वटा पुरस्कार/सम्मान पाएकी छिन् ।

[परिवर्तन्] चर्चित कविता : मेरो सानो खरायो

मेरो सानो खरायो, आज कता हरायो !

हिजो सँगै खेलेथ्यौं, घरभित्र भुलेथ्यौं !

को पहिले पुग्ने हो, भन्दै हामी कुदेथ्यौं !

खोज्दाखोज्दै बित्यो दिन, डुब्न लाग्यो घाम ।

कल्ले देला बुबु उल्लाई, कल्ले देला माम ?

चिथोर्छ कि बिरालोले, गर्छ म्याउँ-म्याउँ ।

खोजी गर्न लौ न आमा, हामी सगै जाऔं ।

खाटमुनि लुक्यो कि ! आगनीमा पुग्यो कि ! भालु आई चोरेर जंगलतिर लग्यो कि !