कल्पना सोप दमाई
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
कल्पना सोप दमाई
दिपायल, सिलगडी निवासी ३६ वर्षीया कल्पना सोव (दमाई) समानुपातिक तर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। २०४८ सालदेखि राजनीतिमा सक्रिय रहँर्दै आएकी उहाँ शुरुदेखि नै नेपाली कांग्रेसमा आबद्ध हुनुहुन्छ। पूर्व राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा, जसलाई शाही शासनकाल भनेर चिनिन्छ, भएको प्रतिगमन विरोधी आन्दोलनमा सक्रिय रहँदा उहाँ पटक पटक पक्राउ पर्नुभएको थियो। जिम्मा लिएको काम लगनशीलताका साथ पूरा गर्ने सोव दलित हक-हित र मुक्तिका निम्ति क्रियाशील रहँदै आउनुभएको छ। प्रारम्भिक तहको मात्र शिक्षाको अवसर पाएकी कल्पना सोव सामान्य लेखपढ गर्न सक्नुहुन्छ। उहाँका दुई छोरा एक छोरी छन्। राजनीति बाहेक कृषि सेवामा संलग्न उहाँले कुनै पनि संसदीय निर्वाचनमा भाग लिनुभएको छैन। सामान्य कार्यकर्ताको रूपमा पार्टी कार्यमा सक्रिय रहँदै आएकी सोवको रुचि समाजसेवामा पनि उत्तिकै रहँदै आएको छ। उहाँ व्यक्तिगत तवरमा तथा संस्थागत रूपले सामाजिक कार्यमा संलग्न हुँदै आउनुभएको छ। संविधानसभामा उहाँले उठाउने अठोट गरेका दुई मुख्य मुद्दा हुन् क. राज्यका सबै अंगमा महिला दलितको प्रतिनिधित्व सुनिश्चित गर्न संविधानमा व्यवस्था गर्ने, ख. दलित मुक्तिको कुरा व्यवहारमा उतार्न कानून कार्यान्वयनमा जोड दिने।