कल्यणी रिजाल
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
कल्यणी रिजाल
काठमाडौं बानेश्वरकी स्थायी बासिन्दा नेतृ कल्याणी रिजाल नेपाली काग्रेसको तर्फाट महिला कोटामासमानुपातिक निर्वाचन प्रणालिबाट संविधान सभाषदमा विजयी हुनुभएको हो। लामो समयसम्म पार्टीले महिला विभाग र तरुण दलमा काम गरेका कारण पार्टी संविधान सभाषदमा आफूलाईचयन गरेको ४७ वषर्ीया रिजालले बताउनुभयो।
नेपाली महिला संघको केन्द्रीय सदस्य, पार्टीले महाधिवेशन प्रतिनिधि रिजाल यस अगाडि ६ वर्षम्म नेपाल तरुण दलको काठमाडौंजिल्लामा काम गर्नुभएको थियो। अन्तरपार्टी महिला संजालको सदस्य रिजालले पारिवारिक पृष्ठभूमिका कारण २०३६ साल देखि नै राजनीतिमा लागेको बताउनुहुन्छ। उहा"को बुबाशीवगोपाल रिजाल पहिले देखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो।
२०६२, ०६३को जनआन्दोलनमा ९० दिन हिरासतमा राखिएकी रिजाल २०६५ वैशाख अविवाहित हुनुहुन्छ। इतिहासर अर्थशास्त्र विषय लिएर प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गरेकी रिजालको समाजसेवा गर्ने लक्ष्य छ। संविधान सभामा महिलाको अधिकारलाई प्राथमिकता दिने र पर्ूणालोकतान्त्रिक संविधान निर्माण गर्ने रिजालको लक्ष्य रहेको छ।