कविता सर्दार वातर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

कविता कुमारी सरदार

मोरङ, झोराहाट निवासी कविता कुमारी सरदार नेपाली कांग्रेसबाट समानुपातिक तर्फकी सभासद हुनुहुन्छ। बी.पी. कोइरालाको व्यक्तित्व र सैद्धान्तिक स्पष्टताले प्रजातान्त्रिक आन्दोलनमा लाग्न प्रेरणा दिएको बताउने ४३ वर्षीया सरदार २०४६को जन-आन्दोलनदेखि राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ। त्रिभुवन विश्वविद्यालयबाट आइ.ए. सम्मको अध्ययन गरेकी उहाँका दुई छोरा छन् र उहाँ शिक्षण पेशामा संलग्न हुनुहुन्छ। संविधानसभामा महिला हक र अधिकारका मुद्दालाई विशेष महत्वका साथ उठाउने संकल्प गरेकी सरदारले नेपाल महिला संघको केन्द्रीय आमन्त्रित सदस्य र नेपाली काङ्ग्रेस,मोरङ जिल्ला सदस्यको जिम्मेदारी सम्हालिसक्नुभएको छ। नेपाल महिला सङ्घ,गाउँ इकाइको उहाँ सल्लाहकार हुनुहुन्थ्यो। महिला हितका कार्यमा सक्रिय रहँदै आएकी उहाँ एबीसी नेपालको सदस्य तथा ग्रामीण महिला कल्याणकारी संघको सचिव हुनुहुन्छ। पत्रत्रिका पढ्ने र राजनैतिक छलफल गर्ने काममा सभासद कविता कुमारी सरदारको विशेष रुचि छ।

[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा