कागेश्वरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कागेश्वरी नेपालको राजधानी काठमाडौँको उत्तरपुर्वी कागेश्वरी मनहरा नगरपालिका वडा नं. १, पहिले (गागलफेदीगाविस)मा अवस्थित एक धार्मिक तथा पर्यटकीय स्थल हो । यस स्थललाई कागेश्वरी महादेव मन्दिरको नामले पनि चिनिन्छ । वर्षमा एक पटक भाद्र शुक्ल अष्टमिका दिन मेला लाग्ने यस तीर्थस्थलमा हजारौँ दर्शनार्थीहरु मेला भर्न आउँछन्[१] । प्राकृतिक मनमोहक दृश्यसंगै शास्त्रीय नृत्यमा ढ्याङ्ग्रो बजाई नाचगान गर्ने दृश्य झनै मनमोहक र सूचनाप्रद हुन्छ । ढ्याङ्ग्रो बजाई महादेवको पुजा गर्नेमा लामा, तामाङ जातिको विशेष सहभागिता रहन्छ । साथै स्थानिय नेवार जातिले लाखे नाचको आयोजना गर्दछन[२] । यस्तो सांस्कृतिक तथा धार्मिक महत्त्वको जात्रा अवलोकन गर्नका लागि साँखु, थली, जोरपाटी, सुन्दरीजल, नयाँपाटी, गागल, तथा भक्तपुर, ललितपुरबाट पनि दर्शनार्थीहरूको उल्लेखनीय उपस्थिति हुन्छ । यमराजको दुत कागले मान्छेलाई छुॅदा अशुभ हुने र त्यसबाट मुक्त हुन कागेश्वरी मन्दिरको पोखरीमा नुहाउनु पर्ने धार्मिक मान्यता रहेको छ । जात्राको समयमा सञ्चालन हुने विभिन्न शिविरले पनि व्यवस्थापनमा सहज वातावरण सिर्जना गर्छ । यस स्थलमा रहेको मन्दिरमा पुजा गर्दा तथा पोखरीमा नुहाउँदा पाप पखालिने र मुक्ति प्राप्त हुने जनविश्वास रहिआएको छ । जात्राको महत्त्वसंगै आर्थिक पक्ष पनि जोडिएको छ । समान खरिद बिक्रिका लागि पनि सहयोग पुग्दछ । यस क्षेत्रको विकास र संरक्षणका लागि स्थानिय तथा सरकारी तवरबाट नै पहल सुरू गरिएको छ, कागेश्वरीधामका रूपमा विकास गर्ने योजना बनाइएको छ [३]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]