कालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। कालिका गाविस जिल्ला सदरमुकामबाट ६ कोष टाढा पर्दछ। कालिका गाविस कुल १०.४७ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। यस गाविसको पूर्वमा र दक्षिणमा ठोकर्पा पश्चिममा साँगाचोक र कदमबास र उत्तरमा यमुनाडाँडा, सुनखानी गाविसहरू पर्दछन। भौगोलिक रूपमा उष्ण हावापानी हुने सुनकोशी नदी किनारदेखि ठण्डा हावापानी हुने थामडाँडासम्म फैलिएको यस गाविस कृषिजन्य उत्पादनमा अगाडी छ। नगदे तथा अन्नबालीका साथसाथै पशुपालनबाट यस गाविसका मानिसहरू जीवनयापन गरिरहेका छन्। व्यापार तथा अन्य व्यावसायका साथसाथै नोकरी क्षेत्रमा पनि यहाँका जनताको सहभागिता राम्रो छ। कालिका गाविसमा क्षेत्री ब्राम्हण तथा तामाङ समुदायको मिश्रित बसोबास छ। तौथली थुम अन्तर्गत पर्ने कालिका गाविसबाट जुगल हिमालको दृश्यावलोकन गर्न तथा मनोरम प्राकृतिक दृश्यका लागि उपयुक्त मानिन्छ।[१]
- ↑ "कालिका"