कालीगण्डकी नदी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Erioll world.svgनिर्देशांक: 25°39′9″N 85°11′4″E / 25.6525, 85.18444}
गण्डकी (काली)
नारायणी
नदी
Kali Gandaki River, Nepal
देशहरू तिब्बत, चीन, नेपाल, भारत
सहायक नदीहरू
 - वायाँ त्रिशुली, बुढी गण्डकी, मर्स्याङ्दी, मादी नदी, सेती नदी
 - दायाँ Kaligandaki, Badigad
शहरहरू लोमान्थाङ, जोमसोम, बेनी, कुश्मा, रिडी, देवघाट, नारायणघाट, वाल्मिकिनगर, त्रिवेणी, हाजिपुर, भारत, सोनपुर, भारत
स्रोत Nhubine Himal Glacier
 - स्थान तिब्बत-मुस्ताङ सिमाना, नेपाल
 - अवनति ६,२६८ m (२०,५६४ ft)
 - निर्देशांक 29°17′0″N 85°50′5″E / 29.283333, 85.83472}
मुख गंगा नदी
 - स्थान सोनपुर, भारत
 - अवनति ४४ m (१४४ ft)
 - निर्देशांक 25°39′9″N 85°11′4″E / 25.6525, 85.18444}
लम्बाई ६३० km (३९१ mi)
सिँचित क्षेत्र ४६,३०० km² (१७,८७७ sq mi)
Discharge
 - average १,७६० m3/s (६२,१५४ cu ft/s)
 - max ३०,००० m3/s (१,०५९,४४० cu ft/s)
 - min ५०० m3/s (१७,६५७ cu ft/s)
Map showing the Ghaghara and Gandaki tributaries of the Ganges.

कालीगण्डकी अथवा गण्डकी नदी नेपालको दोस्रो ठूलो तथा संसारको सबै भन्दा गहीरो गल्छी बनाएर बग्ने नदी हो। यो नदीबाट नेपालको सबैभन्दा ठूलो जलविद्युत उत्पादन केन्द्र सञ्चालित भैरहेको छ। यो नदीले ठूलो मात्रामा कालो रङ्गको माटो बगाएर ल्याउने भएकाले यसलाई काली गण्डकी नामाकरण गरिएको हुनुपर्दछ।

कालीगण्डकीको नदी तिब्बतमा उत्त्पत्ति भएर मुस्ताङ जिल्ला हुँदै नेपाल छिर्छ। कागबेनी भन्ने स्थानमा मुक्तिनाथ मन्दिरमा उत्पत्ति हुने काग खोला र मुस्ताङ खोला मिसिन्छन् र त्यसपछि उक्त नदीलाई काली गण्डकी भनिन्छ।

जोमसोमटुकुचे हुँदै बगेपछि काली गण्डकी संसार कै सबैभन्दा गहीरो गल्छी काली गण्डकीको खोंच भएर बग्छ जसको पश्चिममा धौलागिरी (८१६७ मी.) तथा पूर्वमा अन्नपूर्ण (८०९१ मी.) हिमाल पर्दछन्। उक्त गल्छीको उँचाई १३०० मी. देखि २६०० मी. सम्म छ जुन अन्नपूर्ण र धौलागिरीको चुचुरो बाट ५५०० देखि ६८०० मी. तल पर्दछ।

उक्त खोंचबाट निस्केपछि गलेश्वरमा राहुघाट खोला, बेनीमा म्याग्दी खोला, कुश्मा नजीकै मोदी खोला, रूद्रबेनीमा बडी गाड, आँधिखोला आदि मिसिन्छन्। त्यसपछि काली गण्डकी पूर्व तर्फ मोडिन्छ जुन देबघाटमा गएर सेती नदी तथा त्रिशुली नदी सँग मिसिएर दक्षिण तर्फ बहन थाल्दछ। देबघाटबाट पहाडी भूभाग छिचलेर बहन थालेपछि यसलाई नारायणी तथा सप्त गण्डकी भनिन्छ। त्यसपछि दक्षिण पश्चिम दिशा तिर मोडिंदै चितवन तथा नवलपरासी जिल्लाको सिमाना हुँदै भारत छिर्दछ। भारतको बिहार प्रदेशमा गंगाको मैदान हुँदै दक्षिण पूर्व तर्फ मोडिएर पटना नजीकै गंगा नदीसँग मिल्दछ।

यस नदीको किनारमा रहेका प्रमुख बस्ती तथा शहरहरू यस प्रकार छन् : लोमान्थाङ, जोमसोम, बेनी, बाग्लुङ, कुश्मा, रिडी, देबघाट, नारायणघाट तथा त्रिबेणी

हिन्दू धर्मका विष्णु भगवानको साक्षात् रूप मानिने अति दुर्लभ शालिग्राम पाइने एकमात्र स्थानका रूपमा रहेको तथा मुक्तिनाथदेवघाटजस्ता पवित्र धार्मिक तीर्थस्थललाई जोड्ने कालीगण्डकी नदीको धार्मिक र सांस्कृतिकमात्र नभई पर्यटकीय महत्वसमेत रहेको छ ।

यस नदीको किनारमा रहेका जलविद्युत परियोजनाहरू यस प्रकार छन् :

कालीगण्डकी जलविद्युत परियोजना नेपालको सबैभन्दा ठूलो परियोजनाहरूमध्ये पर्दछ। यसबाट उत्पादित बिजुली प्रसारण लाइन मार्फत सिधै बुटवल तथा नेपालको मुख्य प्रसारण लाइनमा जोडीएको छ। यसबाट भारतमा पनि बिद्युत प्रसारण गरिन्छ। कालिगण्डकी परियोजनाले मिर्मी तथा बेल्टारीको जनजीवन उकास्नमा राम्रो सहयोग पुर्याएको छ, नयाँ बाटोघाटो, निर्माणहरू तथा दर्पुक बेल्टारी पुल पनि बनेको छ।