कालीगण्डकी नदी
नेपाली विकिपीडियाबाट
कालीगण्डकी अथवा गण्डकी नदी नेपालको दोश्रो ठूलो तथा संसारको सबै भन्दा गहीरो गल्छी बनाएर बग्ने नदी हो । यो नदीबाट नेपालको सबैभन्दा ठूलो जलविद्युत उत्पादन आयोजना संचालित भैरहेको छ । यो नदीले ठूलो मात्रामा कालो रंगको माटो बगाएर ल्याउने भएकाले यसलाई काली गण्डकी नामाकरण गरिएको हुनुपर्दछ ।
कालीगण्डकीको प्रमुख सहायक नदी म्यागदी खोला तिब्बतमा उत्तपत्ति भएर मुस्ताङ जिल्ला हुँदै नेपाल छिर्छ । कागबेनी भन्ने स्थानमा मुक्तिनाथ मन्दिरमा उत्पत्ति हुने काग खोला र मुस्ताङ खोला मिसिन्छन् र त्यसपछि उक्त नदीलाई काली गण्डकी भनिन्छ ।
जोमसोम र टुकुचे हुँदै बगेपछि काली गण्डकी संसार कै सबैभन्दा गहीरो गल्छी काली गण्डकीको खोंच भएर बग्छ जसको पश्चिममा धौलागिरी (८१६७ मी.) तथा पूर्वमा अन्नपुर्ण (८०९१ मी.) हिमाल पर्दछन् । उक्त गल्छीको उँचाई १३०० मी. देखि २६०० मी. सम्म छ जुन अन्नपूर्ण र धौलागिरीको चुचुरो बाट ५५०० देखि ६८०० मी. तल पर्दछ ।
उक्त खोंचबाट निस्केपछि गलेश्वरमा राहुघाट खोला, बेनीमा म्याग्दी खोला, कुश्मा निकै मोदी खोला, रूद्रबेनीमा बाडी गाढ, आँधिखोला आदि मिसिन्छन् । त्यसपछि काली गण्डकी पूर्व तर्फ मोडिन्छ जुन देबघाटमा गएर सेती नदी तथा त्रिशुली नदी संग मिसिएर दक्षिण तर्फ बहन थाल्दछ । देबघाटबाट पहाडी भूभाग छिचलेर बहन थालेपछि यसलाई नारायणी तथा सप्त गण्डकी भनिन्छ । त्यसपछि दक्षिण पश्चिम दिशा तिर मोडिंदै चितवन तथा नवलपरासी जिल्लाको सिमाना हुँदै भारत छिर्दछ । भारतको बिहार प्रदेशमा गंगाको मैदान हुँदै दक्षिण पूर्व तर्फ मोडिएर पटना नजिकै गंगा नदीसंग मिल्दछ ।
यस नदीको किनारमा रहेका प्रमुख बस्ती तथा शहरहरू यस प्रकार छन् : लोमान्थाङ, जोमसोम, बेनी, बाग्लुङ, कुश्मा, रिडी, देबघाट, नारायणघाट तथा त्रिबेणी ।
| नेपालका नदीहरू |
|---|
| सप्तकोशी नदी |
| अरूण, तमोर, तामाकोशी, सुनकोशी दूधकोशी, इन्द्रावती नदी, ?? |
| सप्तगण्डकी नदी |
| त्रिशुली, मर्स्याङ्दी, बुढीगण्डकी, कालीगण्डकी नदी सेती, मादी, दरौंदी |
| कर्णाली नदी |
| हुम्ला कर्णाली,मुगु कर्णाली, तिला, सेती |
| अन्य प्रमुख नदीहरू |
| पूर्व: मेची नदी, कमला नदी, जोगमाई नदी, माई, पूवामाई, देउमाई, कन्काई, त्रियुगा, अरूण, तमोर, काबेली, |
| मध्यम: बागमती, झिमरुक, राप्ती, नारायणी त्रिशुली, |
| पश्चिम: तिनाउ, आँधिखोला, म्याग्दी खोला दरौंदी, चेपे, मर्स्याङ्दी, मादी, सेती, बुढी गण्डकी |
| मध्यपश्चिम: राप्ती, बबई, भेरी, |
| सुदूरपश्चिम: महाकाली |