काली बहादुर मल्ल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

प्रत्यक्ष निर्वाचन प्रणालि अन्तरगत एकिकृत नेकपा माओवादीको तर्फबाट जाजरकोट जिल्ला क्षेत्र नम्बर एकबाट विजयी संविधान सभा सदस्य कालीबहादुर मल्ल देश र जनताको हितमा पार्टीले खेलेको भूमिका नै आफ्नो विजयको कारण भएको बताउनुहुन्छ।

२०१४ साल फागुन २१ गते जाजरकोटको सदरमुकाम खलंगा -४मा मल्लको जन्म भएको थियो। २०४६ सालमा बहुदलीय व्यवस्था पुनस्थापना भएपछि संयुक्त जनमोर्चामा आबद्ध मल्ल २०४९ सालको स्थानीय निर्वाचनमा जाजरकोट इलाका नं.१को जिल्ला विकास समितिको सदस्यमा निर्वाचित हुनु भएको थियो।

एकिकृत नेकपा माओवादीले २०५२ सालमा जनयुद्ध थालनी गरेसँगै भूमिगत भएका मल्ल जनयुद्ध कै क्रममा माओवादीले गठन गरेको जिल्ला जनसरकारको जाजरकोट प्रमुख पनि हुनु भएको थियो।

माओवादी पार्टीको निर्वाचन घोषणा पत्र अनुसार संविधान लेख्नु पर्ने भन्दै मल्ल उत्पिडित क्षेत्र, वर्ग र जनताका लागि संविधानमा विशेष व्यवस्था हुनुपर्ने बताउनुहुन्छ।[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा