कालेगाँडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


कालेकाँडा
Kalekanda
देश नेपाल
अञ्चलसेती अञ्चल
जिल्लाअछाम जिल्ला
जनसङ्ख्या
 (२००१[१])
 • जम्मा२६६७
 • धर्म
हिन्दु
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

कालेगाँडा अछाम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो गा.वि.स. अछाम जिल्लाको निर्वाचन क्षेत्र नंवर २ मा पर्दछ। कालेकाँडा गा.वि.स. दैलेख जिल्लाकालिकोट जिल्लाको सिमानासँग जोडिएको छ। कर्णाली नदीको किनारामा अवस्थित यो गा.वि.स.लाई अछाम जिल्लाको अंतिम गा.वि.स.को रूपमा लिइन्छ। कर्णाली नदिमा भएको झुलंगे पुलले यो गा.वि.स.लाई दैलेख जिल्लाका पिपलकोट, सिंहासैनराकम कर्णालीलाई जोडेको छ। यो गा.वि.मा पर्ने स्थानिय चिल्ताडागाड खोलामा लघु जल विद्युत उत्पादन गरेर गा.वि.स.को १ नंवर र २ नंवरका रुरुरु घर धुरीहरूलाई विजुलीको आपुर्ती पुरा गरिएको छ। यसका साथै यो गा.वि.स.मा चिल्ताडामा र भुइँचालामा गरेर २ वटा माध्यमिक विद्यालय, भानाकोट र राकुमा गरेर २ वटा निम्न माध्यमिक विद्यालय र कालेकाँडामा एउटा प्राथमिक विद्यालय रहेका छन्। स्थानिय चिल्ताडा वररूखमा इलाका प्रहरी कार्यलय छ भने कालेकाँडा गाउँमा स्वास्थ्य चौकी रहेको छ। २०६९ सालमा कालेकाँडालाई खुल्ला दिशा मुक्त गा.वि.स. घोषणा गरिएको थियो।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Nepal Census 2001", Nepal's Village Development Committees, Digital Himalaya, अन्तिम पहुँच २०१२-०९-०२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]