किउल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
किउल
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लासिन्धुपाल्चोक
जनसङ्ख्या
 (1991)
 • जम्मा२,९१४
 • धर्म
हिन्दु
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

किउल सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। किउल सिन्धुपाल्चोक जिल्लाकै एक प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको गाविस हो। सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने यस गाविस जिल्लाको उत्तरपश्चिम भूभागमा पर्दछ। किउलको पूर्वमा बरुवा गाविस पश्चिममा महाँकाल गाविस उत्तरमा हेलम्बु गाविस र दक्षिणमा पाल्चोक गाविस पर्दछ। मेलम्ची खानेपानी आयोजनाको मुहानसँगै जोडिएको यस गाविस भौगोलिक रूपमा केही भिरालो छ र डाँडाकाँडाले घेरिएको छ। यद्यपी समथर बेसीका फाँटहरू पनि रहेका छन्। जौ मकै कोदो धान गहुँ आलु आदि मुख्य बालिको रूपमा रहेको यस गाविसमा धान खेतीको लागि उपयुक्त फाँटहरूमा चुरेटार, भँडार सिम, तल्लो सिम, जिमिरे चौर, बाहुन ढोडेनी आदि रहेका छन।यहाँका अधिकांश जनता कृषिमै आधारित छन्।यस गाविसको प्रत्येक वडामा घ्याङ्ग बौद्ध धर्मावलम्बीहरूको पूजा ध्यान गर्ने स्थान छ। यस क्षेत्रको प्रसिद्ध स्थलहरूमध्ये सातधारा पनि एक हो। जहाँ जनैपूर्णिमाको दिन भव्य मेला लाग्ने गर्दछ। यस स्थलमा जनैपूर्णिमाको दिन भयँकर पहरामा रहेका सात धाराहरू मध्ये एउटा धाराबाट दुधको धारा निस्कने र जुन सौभाग्य जनैपूर्णिमाको दिन बिहान सर्वप्रथम स्नान गर्ने व्यक्तिलॆ प्राप्त गर्ने जनविश्वास रहिआएको पाइन्छ। यस पहरामा जस्तोसुकै खडेरीमा पनि पानीको मुहान सुक्दैन्। सञ्चार माध्यमको रूपमा यस क्षेत्रमा मेरो मोबाईलको साथै नेपाल टेलिकमको सम्पूर्ण फोन सेवाहरू उपलब्ध छन्। यस गाविसमा लामीडाँडा अम्बाटार जस्ता थुप्रै सामुदायिक वनहरू रहेका छन्। यस क्षेत्रमा खानेपानी तथा सिचाँईको खासै समस्या रहेको पाईदैन। यातयात विधुतिकरण आदिको विकासले गर्दा यस क्षेत्रका जनताको जीवनस्तरमा सुधार हुँदै गएको पाइन्छ। लाङटाङ हिमालको चिसो हावा सुसाउने मेलम्ची नदिको चिसो पानीबाट सिंचित तथा आमा याङरीको लोभलाग्दो दृश्य देख्न पाईने यस गाविस प्राकृतिक रूपमा स्वर्गसमान छ।[१]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "किउल", merosindhu.com, अन्तिम पहुँच २०११-०७-३० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]