किरण कुमारी राय
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
किरण कुमारी राय
सर्लाही, मानपुर निवासी ३७ वर्षीया किरण कुमारी राय (यादव) समानुपातिक तर्फ नेकपा-एमालेका सभासद हुनुहुन्छ। राजनीतिमा सक्रिय आफ्ना श्रीमान् रामनिरञ्जन राय यादवको २०५४ सालमा हत्या भएपछि त्यसै वर्ष राजनीतिमा प्रवेश गरेकी यादव हाल अखिल नेपाल महिला संघका जिल्ला सदस्य तथा लोकतान्त्रिक मधेसी सङ्घ सर्लाही जिल्ला समिति सदस्य हुनुहुन्छ। यसअघि उहाँले एमाले सर्लाही जिल्ला कमिटी सदस्य तथा मानपुर गाविस अध्यक्ष (२०५४ सालमा निर्वाचित)को जिम्मेदारी सम्हालिसक्नुभएको छ। १० कक्षा सम्म अध्ययन गरेकी यादव ५ छोरी र १ छोराकी आमा हुनुहुन्छ। राजनीति बाहेक कृषि उहाँको पेशा हो र समाजसेवा तथा पिछडिएको वर्गको उत्थान रुचिको विषय हो। उहाँ व्यक्तिगत तवरमा तथा सामाजिक संस्थाहरू मार्फत समाज हितका कार्यहरूमा संलग्न रहँदै आउनुभएको छ। सैद्धान्तिक निष्ठा र लगनशीलताले आफूलाई संविधानसभामा पुर्याएको आकलन गर्ने सभासद किरण कुमारी यादव राज्यको पुनः संरचना गरी राज्यका सबै अंगमा पिछडिएका मधेसीहरूको समान सहभागिता सुनिश्चित गर्ने मुद्दा संविधानसभामा प्रमुख रूपमा उठाउने बताउनुहुन्छ।[१]