किरण यादव
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
किरण यादव
त्रिभुवन विश्वविद्यालय (पद्मकन्या क्याम्पस) बाट अर्थशास्त्रमा स्नातक किरण यादव समानुपातिकतर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। महोत्तरी निवासी ४१ वर्षीया यादव नेपाल महिला संघकी आमन्त्रित केन्द्रीय सदस्य हुनुहुन्छ। आफ्नो पारिवारिक वातावरणका कारण २०४६ सालदेखि राजनीतिमा संलग्न रहँदै आउनुभएकी किरण यादव प्रजातान्त्रिक आन्दोलनका क्रममा विभिन्न समयमा पक्राउ पर्नुभएको छ। सैद्धान्तिक निष्ठा र राजनैतिक संघर्षमा अडिग यादव महिला हक-अधिकारका कार्यमा समेत सक्रिय हुनुहुन्छ र हाल मैथिल महिला समाजसँग आबद्ध हुनुहुन्छ। एक छोरा, एक छोरीकी आमा किरण यादवको रुचि राजनीति बाहेक समाजसेवामा पनि रहेको छ। कुनै पनि संसदीय निर्वाचनमा भाग नलिएकी यादव सबै चुनावहरूमा पार्टीका निम्ति सक्रिय रहँदै आउनुभएको छ। राजनैतिक निरन्तरता र महिला अधिकारका क्षेत्रमा आफ्नो सक्रियताका कारण पार्टीले संविधानसभामा पुर्याएको आकलन गर्ने यादव संविधानसभामा महिला हक-अधिकार, राज्यको पुनः संरचना र अन्य सामाजिक मुद्दा उठाउन विशेष जोड दिने बताउनुहुन्छ। सबैको सहमति र सहकार्यमा बन्ने संविधानले नै नयाँ नेपालको मार्गचित्र कोर्ने उहाँको विश्वास छ।