किशोर मालाकार
नेपाली विकिपीडियाबाट
चलचित्र कलाकार किशोर मालाकारको जन्म वि.सं. २०१० साल भदौमा भएको थियो । उहाँले करिब दुई दशक अभिनय गर्नुभयो । उनको २०५५ साल मंसिर ४ गते निधन भयो ।
उहाँका श्रीमती, तीन छोरा र दुई छोरी हुनुहुन्छ । उहाँले 'के घर के डेरा' नामको नेपाली चलचित्रमा पहिलोपटक अभिनय सुरू गर्नुभएको थियो ।
१ सय २५ किलोग्राम तौल, ठूलो शरीर र अजंगको अनुहारका कारण चलचित्रहरूमा मूलतः खलनायककै भूमिका गर्नुभयो । उहाँले विश्वास, हामी एक हौँ, चेलीबेटी, लोभीपापी, माया, अन्याय, शिलु, सरस्वती, सक्कली-नक्कली, सुनचाँदी, रक्षा, मायाप्रीति, गरीब, युगदेखि युगसम्म आदि करिब तीन दर्जन जति ठूलो पर्दाका चलचित्रका साथै थुप्रै भिडियो चलचित्र र केही टेलिश्रृंखलाहरूमा समेत साना-ठूलो सबैखाले अभिनय गर्नुभयो ।
'खोज' र 'भवानी ज्याक्सन' जस्ता हिन्दी चलचित्र र लेडी टार्जन, लेडी र्याम्बोजस्ता बंगाली भाषाका चलचित्रहरूमा अभिनय गर्नुभएको थियो । उहाँको अन्तिम चलचित्र 'मिस्टर रामकृष्णे' हो ।