कीनो
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
वास्तविक नाम योकीन साल्भाडोर लाभाडो भएता पनि कीनो नामले प्रख्यात अर्जेन्टिनी कार्टुनिष्टको जन्म सन् १९३२ जुलाई १७ तारिखका दिन अर्जन्टिनाको मेण्डोजा शहरमा भएको थियो। कीनो द्वारा सृजित माफाल्दा ल्याटिन अमेरिका तथा युरोपमा निक्कै लोकप्रिय छन्।
विषयसूची |
जीवनी [सम्पादन गर्ने]
प्रारम्भिक जीवन एवं कृतिहरू [सम्पादन गर्ने]
कीनोको जन्म Guaymallén, Mendoza Province भन्ने ठाँउमा स्पेनिश मातापिताका कोखमा भएको थियो। मेण्डोजाको Escuela de Bellas Artesमा भर्ना भएर अर्जेन्टिनी कमिक Rico Tipo का लागि काम गर्ने चाहना उनको थियो। तर सन् १९४५मा उसले स्कूल छाडे। छाड्नका कारण स्याउ र कुर्सीको मात्र चित्र बनाउँदा बनाउँदा दिक्क लागेकोले हो ! उसले कतै भनेका छन्। सन् १९५०मा आफ्नो पहिलो कार्टुन एउटा सील्क शपलाई बेचे तर हप्तौँ सम्म पनि ब्युनस आयर्समा बस्दा पनि कुनै सफलता हात लागेन। सन् १९५४मा अनिवार्य सैनिक सेवा पुरा गरिसके पछि उनी एउटा ग्राफिक आर्टिष्टको पेशा अपनाउन चाहन्थे। Esto Es भन्ने पत्रिकामा पहिलो पटक उनको कार्टुन छापियो त्यसपछि ब्युनस आयर्सका थुप्रै पत्र-पत्रिकाहरूमा कीनोका कार्टुनहरू छापिने क्रम शुरु भयो। उनका केही कार्टुनहरू उत्तरी अमेरिका तथा युरोपेली पत्रिकाहरूमा समेत छापिन थाले यसबाट उसलाई अन्तर्राष्ट्रिय ख्याति प्राप्त भयो। सन् १९६३मा कीनोले एकजना प्रकाशक भेटे जसले उसको पहिलो कमिक पुस्तक प्रकाशित गर्यो। पुस्तकको नाम थियो Mundo Quino।
माफाल्दा [सम्पादन गर्ने]
पत्र-पत्रिकाहरूमा दैनिकरूपमा प्रकाशित हुने माफाल्दा कमिक स्ट्रिपले उसलाई नाम र दाम दुवै कमाउनमा ठूलो मद्दत गर्यो। सन् १९६४ देखि १९७३ सम्म लगातार माफाल्दा प्रकाशित भए। उनका कमिकहरू संसारभर तीस भन्दा बढी भाषाहरूमा उल्था भएका छन्। यद्दपी उनका कमिक पात्रहरू अङ्ग्रेजीभाषी मूलुकहरूमा त्यत्ति साह्रो रुचाईएनन्। ‘यसको कारण मेरा कार्टुनहरू केही बढि नै ल्याटिन अमेरिकी परिवेशमा ढल्किएकोले होला’ कीनोले कतै भनेका छन्। माफाल्दालाई सन् १९७६मा युनीसेफद्वारा बाल अधिकार सम्मेलनका लागि छानियो। अनुवादित माफाल्दाको पुस्तक संस्करणका अझै पनि प्रकाशित हुँदैछ। अर्जेन्टिनी निर्देशक डानिएल मालोले माफाल्दा सीरिजका २६० स्ट्रिपहरू अनुवाद गरि ९० मीनेटका कार्टुन फिल्म बनाई सन् १९७२ देखि अर्जेन्टिनामा प्रशारण गरे।
पछिल्ला कृतिहरू [सम्पादन गर्ने]
एकातिर माफाल्दा बाल अधिकार सम्मेलनको लोगोको रूपमा अर्जेन्टिना तथा बाहिर प्रयोग हुँदैथियो भने अर्को तिर कीनोले आफूलाई संपादकिय टाईपको कमिक कोर्नुमा समर्पे। यी कमिकहरू पनि अर्जेन्टिना तथा बाहिर प्रकाशित हुन्थे। सन् १९८२बाट अर्जेन्टिनी दैनिक Clarínले हप्ताको एक पटक उनका कार्टुनहरू प्रकाशित गर्न थाले। Juan Padrón नामक क्युबाली कार्टुन निर्देशकसँग भेट भए पछि दुवै मिली कार्टुन संग्रहहरू प्रकाशित गर्न थाले। सन् १९८६ देखि सन् १९८८ सम्म उनीहरूले छ वटा छ छ मीनेट लामा Quinoscopio कार्टुनहरू Instituto Cubano del Arte e Industrias Cinematográficos मार्फत बनाए। यस बाहेक दुवै मिली १०४ छोटा कार्टुनहरू पनि सन् १९९४मा बनाउन भ्याऐ। माफाल्दाको विषय-वस्तु बाल-बालिकाहरूमा केन्द्रित बालसुलभ जिज्ञासा एवं उनीहरूले संसारलाई हेर्ने दृष्टीकोणमा केन्द्रित हुन्थ्यो भने पछिल्ला चित्रकथाहरू सामान्य मानिसहरूका सामान्य सोँचाईलाई प्रक्षेपण गर्दथे। उनको हँसाउने पारा सीनिकल छ, दैनिकजीवनमा भैपरिआउने समस्याहरू जस्तै बिहे, प्रविधी, राज्य सत्ता, खानेकुरा आदिलाई कुरीकुरी गर्छन् उनी। अर्जेन्टिनी प्रकाशक Ediciones de la Florले चित्रकथा पुस्तकको रूपमा यसलाई प्रकाशित गर्दै आएका छन्।
व्यक्तिगत जीवन [सम्पादन गर्ने]
कीनो जम्म १३ वर्षका हुँदा उनकी आमा बितीन भने बुबा त्यस्को तीन वर्ष पछि बिते जति बेला उ Escuela de Bellas Artes in Mendozaमा पढ्दै थिऐ। सन् १९६०मा उनले आलिसिया कोलम्बो सँग विवाह गरे तर सन्तानका मुख देख्नआ पाएनन्। सन् १९७६ देखि कीनो आफ्नी श्रीमतिका साथ इटालीको मीलान सहरमा केही वर्ष बसेर अर्जेन्टिना फर्के। कीनो नास्तिक हुन्।
कृतिहरू [सम्पादन गर्ने]
माफाल्दा Mafalda [सम्पादन गर्ने]
- Mafalda 1 (1970)
- Mafalda 2 (1970)
- Mafalda 3 (1970)
- Mafalda 4 (1970)
- Mafalda 5 (1970)
- Mafalda 6 (1970)
- Mafalda 7 (1971)
- Mafalda 8 (1972)
- Mafalda 9 (1973)
- Mafalda 10 (1974)
- Mafalda Inédita (Inedit Mafalda,1988)
- 10 años con Mafalda (10 years with Mafalda,1991)
- Toda Mafalda (All Mafalda,1993)
Humor Books [सम्पादन गर्ने]
- Mundo Quino (Quino World, 1963)
- ¡A mí no me grite! (Don't you yell at me!, 1972)
- Yo que usted... (If I were you... , 1973)
- Bien gracias, ¿y usted? (Well thank you, and you?, 1976)
- Hombres de Bolsillo (Pocket men, 1977)
- A la buena mesa (To good food, 1980)
- Ni arte ni parte (Neither art nor apart, 1981)
- Déjenme Inventar (Let me Invent, 1983)
- Quinoterapia (Quinotherapy, 1985)
- Gente en su sitio (People in their place, 1986)
- Sí, Cariño (Yes, Dear, 1987)
- Potentes, prepotentes e impotentes (Powerful, arrogant and powerless", 1989)
- Humano se nace (Human is born, 1991)
- ¡Yo no fui! (I didn't do it!, 1994)
- ¡Qué mala es la gente! (How bad are people!, 1996)
- ¡Cuánta bondad! (Much goodness!, 1999)
- Esto no es todo (This is not all, 2002)
- ¡Qué presente impresentable! (What impresentable present!, 2005)
- La Aventura de Comer (The Adventure of Eating,2007)
पुरस्कार तथा सम्मानहरू [सम्पादन गर्ने]
- कीनो वास्तवमा निक्कै नै कठीन विषय-वस्तुको बारेमा चित्र कोर्छन्, म उसको कामको विविधता एवं गहिराई देखेर तीनछक्क परेकोछु। उसलाई चित्र कोर्न मात्र आउँदैन, चित्रलाई रमाईलो पाराले कोर्न पनि आउँछ। मेरो विचारमा उनी एउटा धुरंधर हुन। — चार्लस् सुल्ज (पीनट्स्)
कीनोले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कारहरू एवं सम्मानहरू आफ्नो क्यारियरको समयमा पाए। सन् १९८२मा संसार भरका उनका समकालिन कार्टुनिष्टहरू द्वारा कार्टुनिष्ट अफ दी ईयर छानिऐ। उनले दुई पटक सम्म Konex Platinum Prize for Visual Arts हाथ पारे। सन् १९८८मा मेण्डोजाको ‘Illustrious Citizen’मा नामंकित गरियो। सन् २०००मा दोस्रो पटक ग्राफिकल ह्युमरका लागि Quevedos Prize जिते। त्यति मात्र कहाँ हो र ! ब्युस् आयर्सका वासिन्दाहरू त्यहाँको प्लाजाको नामै ‘प्लाजा माफाल्दा’ भनेर राखे।
External links [सम्पादन गर्ने]
- Quino's official webpage (अंग्रेजी)
References [सम्पादन गर्ने]