कुचो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुचो निस्केको अम्रिसोबगैंचा

कुचो घर बढार्न प्रयोग हुने एक औजार हो। कुचो वावियो, खर वा अम्रिसोबाट बनेको घर सफा गर्न प्रयोग हुने औजार हो। नेपालको जुनसुकै ठाउँमा विशेषगरी अम्रिसोबाट बनेको कुचो प्रयोग गरिन्छ। यो पूर्वी नेपालको एक प्रमुख उत्पादन पनि हो। यसलाई नगदे बालीको रूपमा लिइन्छ। नेपालको पश्चिमतिर बाबियोको कुचो बनाउने चल्ती पनि रहेको छ।