कुटिला लिपि

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

परिचय[सम्पादन गर्ने]

कुटिला लिपिलाई उत्तरलिच्छवी लिपि पनि भन्ने गरिन्छ। यो लिपि भारतबाट प्रारम्भ भएको हो। यस लिपिलाई भारतमा 'विकटाक्षर' पनि भन्ने गरिन्छ। पुरातìवविद्हरूले भने यस लिपिलाई 'सिद्धमातृका लिपि' भन्ने गर्छन्। यो लिपि नेपालमा अंशुवर्मा -ई.सं. ६०५-६२१)को शासनकालपछि मात्र प्रचलनमा आएको देखिन्छ। तै पनि अंशुवर्माको शिलालेखको अक्षरमा कुटिला लिपिको प्रभाव परिसकेको देखिन्छ। त्यस्तो कुटिलाक्षरमा विशेषगरी ह्रस्व, दीर्घ ईकार र ओकार स्वर प्रयोग भएको देखिन्छ।

प्रचलन[सम्पादन गर्ने]

त्यसरी नेपालमा वि.सं.को सातौँ शताब्दीको उत्तरार्द्धदेखि बाह्रौँ शताब्दीसम्म गरी करिब ५०० वर्षसम्म यो लिपि प्रचलित भएको देखिन्छ। उदाहरणको रूपमा लिच्छवि राजा नरेन्द्रदेव -ई.सं.६३४-६७१) र जयदेव द्वितीय -ई.सं. ७०४-७४०)को पशुपति चौगिदाभित्रको शिलालेखलाई लिन सकिन्छ। यसबाहेक नेपालका विभिन्न स्थानको अभिलेखमा गुप्त र कुटिला दुबै लिपि प्रयोग भएको छ। तैपनि गुप्त लिपिभन्दा कुटिला लिपि व्यापकरूपमा प्रचलित भएको देखिन्छ। कुटिला लिपिको आधारमा नेपाल लिपि, देवनागरी लिपि र तिब्बती लिपिको विकास भएको हो। यी लिपिहरूको विकास र प्रचलनले गर्दा कालान्तरमा कुटिला लिपि लोप हुँदै गएको देखिन्छ।[१]

यो पनि पढ्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

  1. "काँच जैसी नाजुक चीज कैसे बनती है: देवनागरी लिपि", BBC, 2006-03-25, <http://www.bbc.co.uk/hindi/news/story/2006/03/060325_askus_glass.shtml>. Retrieved on ३० जुन २०१०, "... ब्राहमी की उत्तरी शाखा से गुप्तवंशीय राजाओं के काल में, यानी चौथी पाँचवी शताब्दी में, जिस गुप्तलिपि का विकास हुआ, उसके अक्षरों का लेखन एक विशेष टेढ़े या कुटिल ढंग से गरिन्थ्यो, जिससे आगे चलकर कुटिल लिपि का जन्म हुआ (The Gupta script, which evolved from the northern branch of the Brahmi script during the Gupta dynastic period (4th-5th century), was written in a special 'kutil' or crooked way, and further evolved into the Kutil script ..."