कुपोषण

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

शरीरलाई आबस्यक सन्तुलित आहार लामो समय सम्म नपाउनाले हुने विकृत अवस्था लाई नै कुपोषण भनिन्छ । चिकित्सकहरूका अनुसार नेपालमा बालबालिकाहरूलाई हुने रोगको प्रमुख कारण कुपोषण नै हो । जसका कारण नेपाली बालबालिकाहरूको शारीरिक तथा मानसिक विकास प्रभावित भएको छ । यसरी कुपोषणको सिकार हुनेमा दुई वर्षमुनिका बालबालिकाहरूको संख्या सर्वाधिक देखिएको छ । स्मरणीय छ, शारीरिक विकासका दृष्टिकोणले बालबालिकाको मस्तिष्कलगायत अन्य प्रमुख अंगहरूको ८० प्रतिशत विकास दुई वर्षको उमेरसम्ममा भैसकेको हुन्छ । मस्तिष्कलगायत अन्य प्रमुख अंगहरूको सही विकासका लागि बालबालिकाको पोषण स्थिति राम्रो हुनु आवश्यक मानिन्छ । बालबालिकाहरू कुपोषणको सिकार हुनु भनेको निकट भविष्यमा कुनै पनि मुलुकले प्राप्त गर्ने जनशक्ति शारीरिक रूपमा रोगग्रस्त हुनु हो । संसारमा जति पनि रोगहरू छन् ति मध्ये धेरैको कारक कुपोषण हो। रोगग्रस्त जनशक्तिले कुनै पनि मुलुकको आर्थिक विकासको गतिलाई प्रभावित गर्छ । आर्थिक विकासको गति प्रभावित हुनु भनेको समग्र मुलुकको सबै खाले विकास प्रक्रियामा बाधा पुग्नु हो । विश्वकै विकराल समस्याको कारण मानिने कुपोषणको दीर्घकालीन समाधान नेपालका ग्रामीण भेगमा पाइने रैथाने अन्नबाली र गेडागुडी भए तापनि त्यतातिर कसैको ध्यान नजाँदा विपन्न हजारौँ बालबालिकाहरू मृत्युको शिकार भएका छन् ।

कुपोषणका कारण • पर्याप्त खाना तथा पोषक तत्वको कमि • रोग तथा संक्रमण • पोषण सम्बन्धि ज्ञानको कमि

कुपोषणका असरहरु • रोगसंग लड्ने क्षमतामा कमि • शारीरिक तथा मानसिक बिकाशमा बाधा • अकाल मृत्यु