कुमारी मुक्तान
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
प्रत्यक्ष निर्वाचन प्रणालीमा दुवै जोडीले जित्ने ४ जोडी माओवादी सभासद् जोडी मध्ये एक हो कुमारी मोक्तानको पनि। कुमारीका पति दावा तामाङ काभ्रेबाट विजयी हुनुभएको छ। पदमपोखरी -२ ठूल्ठालीमा जन्मनुभएकी कुमारी सानैदेखि विद्यार्थी राजनीतिबाट राजनीतिमा साइत गर्नुभएको थियो। विपन्न तामाङ परिवारमा जन्मनुभएकी कुमारी माओवादी ताम्सालिङ राज्य समिति सदस्य पनि हुनुहुन्छ। जनयुद्ध थालनी भएको केही समयपछि नै पूर्णकालीन हुनुभएकी मोक्तान तामाङ मुक्तिमोर्चामा पनि संलग्न हुनुहुन्छ। सानुकान्छा र तीर्थमायाको सन्तान कुमारी माध्यमिक तहको औपचारिक पढाइ पनि सकाउनु भएको छैन।
महिला र जनजातिका मुद्दालाई नै संविधानमा सुनिश्चित गराएर अधिकारसम्पन्न बनाउने उहाँको मूल एजेण्डा छ। लामो समयदेखि जनयुद्धमा होमिएर जनताको मुक्तिको दिन ल्याउने सबै त्यागेर लागेकाले पनि आफूलाई विजयी बनाएको कुमारीको दाबी छ।[१]