कुमार राई
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
कुमार राई
कुमार राईले आफ्नो राजनीति कम्युनिस्ट पार्टीको सदस्य भएर सुरु गर्नु भएको हो। काठमाडौंको सरस्वती क्याम्पसमा स्तवन्त विद्यार्थी युनियनको राजनीतिमा २०२६ सालमा लागेपछि राई राजनीतिसँग नजीकिएको हो।
उहाँ २०४२ सालमा नेपाली कांग्रेससँग नजीक हुनुभएको हो। कम्युनिस्ट पार्टीको भन्दा कांग्रेसको आर्थिक एजेन्डा राम्रो भएकाले आफू कांग्रेसमा लागेको राईले बताउनुभयो।
परिवारमा किराँत भाषा बोल्ने राईको भोजपुरमा सुन्तला खेति छ। २०४६ सालको राजनैतिक परिवर्तनका बेला राई तीन महिना भन्दा बढी जेल पर्नुभएको छ। त्यस अगाडि करिब दुई वर्ष जेल जीवन बिताएको राईले बताउनुभयो। २०५१ र २०५६ सालको प्रतिनिधि सभाको निर्वाचनमा पनि राईले भाग लिनुभएको थियो। उहाँ पहाडी जनजातिको तर्फबाट संविधानसभामा प्रतिनिधित्व गर्दै हुनहुन्छ। राजनैतिक पुस्तक पढ्ने र आफ्ना नेपालको पूर्वी पहाडी क्षेत्रमा विकास ल्याउने उहाँको योजना छ।
राजनीति र अर्थशास्त्रमा स्नातक राईका दुई श्रीमती हुनुहुन्छ। प्रजातन्त्रलाई संस्थागत रूपमा संविधानमा लेख्ने र शान्ति देशमा ल्याउने संविधान सभामा उहाँले उठाउने प्रमुख दुई एजेन्डा हुन्।