कुम्भ मेला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चित्र:Mahakumbha.jpg
हरिद्वार महाकुम्भ मेला २०१०को कुम्भ कलश

कुम्भ मेला एक परिचय[सम्पादन गर्नुहोस्]


कुम्भ मेलालाई हिन्दु धर्मावलम्बीहरूको एक महान स्नान पर्वको रूपमा लिइन्छ । यो मेला पृथ्वीमा जम्मा १२ स्थानमा लगाउन सकिने कुरा शास्त्रहरूले इङित गरेका भए पनि हाल सम्म जम्मा ५ वटा स्थान मात्र पत्ता लागिसकेका छन । ति ५ स्थान मध्ये भारतका ४ ठाउँमा प्रत्येक ३-३ वर्षको अन्तरालमा लाग्दछ भने १ कुम्भ स्थल नेपालमा पर्दछ । ति स्थानहरू निम्न प्रकार रहेका छन् ।

[१]

इलाहावाद (उत्तर प्रदेश)

उज्जैन (मध्य प्रदेश)

नासीक (महाराष्ट्र)

हरिद्वार (उत्तराखण्ड)

चतराधाम (बराहक्षेत्र,सुनसरी नेपाल)


यो मेला एक स्थानमा प्रत्यक १२ वर्षमा लाग्ने गर्दछ । हिन्दू धर्मका सबै ग्रन्थहरूमा कुम्भ मेलाको बर्णन गरिएको पाइन्छ । धर्म ग्रन्थका अनुसार जो मानिस कुम्भमा स्नान गर्दछ त्यो मानिस सम्पूर्ण पापहरूबाट मुक्त भएर पुण्यको भागी बन्नेछ भन्ने मान्यता रहेको छ । [२] कुम्भ मेलामा विश्वका करोडौँ हिन्दूहरू पुण्य प्राप्तिका लागि स्नानार्थ कुम्भ स्थानमा पुगी स्नान गर्दछन् ।

भारतका ४ कुम्भमेलाका सन्दर्भमा सूर्य, चन्द्र एकै राशिमा परेको, बृहस्पति वृष राशि तथा मौन अमावश्या र श्रीपञ्चमीको बीचमा कुम्भ सङ्क्रान्ति परेका अवस्थामा महाकुम्भ योग पर्छ र यसैलाई महाकुम्भ भनिन्छ । यो वि.स. २०६९ मा परेको थियो । यस भन्दा अघि, २५६ वर्ष पहिले यस्तै योग परेको थियो । आगामी १४४ वर्षमा यस्तै योग पर्ने छ ।

महत्त्व[सम्पादन गर्नुहोस्]

  1. कुम्भ स्थान
  2. गरुड पुराण

कुम्भ मेला भारतको ३ ठाउमा लाग्ने गरेको थियो तर गत २०५९ साल बैसाख १ गते देखि नेपालको सुनसरी जिल्ला स्थित चतराधाममा समेत लग्न थालेको छ .

हेर्नुहोस्[सम्पादन गर्नुहोस्]