कुलानन्द ढकाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुलानन्द ढकाल गोरखाका राजा पृथ्वीनारायण शाहका राजनीतिक ज्योतिष थिए। नेपाल एकीकरणको अभियानमा एक कुशल राजनीतिक तथा ज्योतिषीय सल्लाहकारको रूपमा यीनले महत्त्वपुर्ण टेवा पुर्‍याएको जनश्रुति पाईन्छ। यीनको मुल वासस्थान गोरखा जिल्लाको वोर्लाङमा रहेको थियो, अहिले "वोर्लाङ" गाविस अन्तर्गत पर्ने सवै भूभाग उनले राजा पृथ्वीनारायणवाट विर्तामा पाएका थिए।

कुलानन्दका कति भाइ छोरा हुन् त्यो थाहा नभए पनि एक छोरा श्रीकान्तका छोराहरु प्यूठानको झिमरुकमा छन्, श्रीकान्त सेना भएर गएको बखतमा प्यूठान मैं क्षेत्री विवाह गरेर त्यतै बसेको पाइन्छ भने अम्बिका १ भाइ हुन् .त्यस्तै रितबाट अम्बिका का छोरा उदयनारायण, उनका छोरा बसन्त अनि बसन्तका छोरा ससिधर हुन् .कुलानन्द देखि ससिधर सम्म का छोरा हरूको कतै जानकारी छैन। ससिधर का ३ भाइ छोराहरु (हरिनारायण, लक्ष्मीनारायण र हरिकृष्ण) खोटांग को बुईपा आई बसेका र हरिकृष्ण चै खोटांग को चीसंखु गई बसेका ३ भाइ मध्ये हरिनारायण का ३ जना श्रीमतीबाट ९ भाइ छोराहरु को जन्म भएको भवानी शंकर, रुद्रनारायण, चन्द्रशेखेर, जयमंगल, हेमा नन्द, पृथी नारायण, उमापति, कमलापति र कान्छा दुर्बासा हुन्।