कुल बहादुर गुरुङ
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
इलाम क्षेत्र नं. ३ बाट निर्वाचित कुलबहादुर गुरुङ नेपाली कांग्रेसका सभासद हुन्। ७४ वर्षीय गुरुङ २००७ सालदेखि राजनीतिमा संलग्न रहँदै आएका छन्। संविधानसभामा अध्यक्षको विधिवत् निर्वाचन हुनु अघिसम्म ज्येष्ठत सदस्यको रूपमा सो कार्यभार सम्हालेका गुरुङ राणा शासन विरोधी, पञ्चायत विरोधी र पूर्व राजा ज्ञानेन्द्रको निरंकुश शासन विरोधी सबै आन्दोलनहरूमा प्रजातन्त्रको पक्षमा सक्रिय रहेका थिए। शुरुदेखि नै नेपाली कांग्रेसमा आबद्ध गुरुङ झण्डै छ दशक लामो राजनैतिक जीवनमा पार्टीका विभिन्न तह, पद र जिम्मेदारी पूरा गर्दै हाल केन्द्रीय महामन्त्री हुन्। विभिन्न समयमा गरी कुल तीन वर्ष जेल जीवन बिताएका गुरुङले कैयौं वर्ष निर्वासित जीवन बिताएका छन्। यस क्रममा राष्ट्रिय मेलमिलापको नीति लिएर बी.पी. कोइराला भारतको निर्वासनबाट स्वदेश फर्कदा उनी पनि त्रिभुवन विमानस्थलमा पक्राउ परेका थिए। त्रिभुवन विश्वविद्यालयबाट बी.एड. सम्मको अध्ययन गरेका, के.बी. गुरुङ नामबाट समेत परिचित सभासद गुरुङले इलाम हाई स्कूलमा उप प्रधान अध्यापकका रूपमा लामो समय अध्यापन गरेका छन्। संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, एमाले महासचिव झलनाथ खनाल समेतलाई अध्यापन गरेका गुरुङ २०५१ सालमा इलाम क्षेत्र नं. २ बाट संसदमा निर्वाचित भएका थिए। उनी २०४८ र २०५६मा पनि संसदीय निर्वाचनमा सहभागी थिए। संविधानसभामा राज्यको पुनःसंरचना र लोकतान्त्रिक मूल्यमान्यता सहितको संविधान लेखनका निम्ति आफ्ना प्रयास केन्द्रित गर्ने उनको अठोट छ।