कुवेर सिंह राना

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
कुवेर सिंह राना (मगर)

प्रहरी महानिरीक्षक नेपाल प्रहरी
कार्यकाल
२०६९ भाद्र २९ – २०७० कार्तिक ३०
राष्ट्रपति : डा. रामवरण यादव
प्रधानमन्त्री : खिल राज रेग्मी
अग्रज : रविन्द्र प्रताप शाह
उतराधिकारी : उपेन्द्रकान्त अर्याल

जन्म : २०१७ साउन ०६[१]
बौघागुम्बा, पाल्पा जिल्ला
नागरिकता : नेपाली
राष्ट्रियता :  नेपाल
जीवनसाथी : रीता राना (मगर)
अध्ययन संस्था : त्रिभुवन विश्वविद्यालय
धर्म : हिन्दु

कुवेर सिंह राना ( जन्म २०१७ साउन ०६[१]) नेपाल प्रहरीका प्रहरी महानिरीक्षक हुन । उनि नेपालको मन्त्रिपरिषदको निर्णयले मिति २०६९ भाद्र २८ गते प्रहरी महानिरीक्षक पदमा बढुवा भएका थिए ।[२] उनी २०४० कार्तिक ३० गतेबाट प्रहरी निरिक्षकको पदमा नियुक्त भएका थिए ।[१][३]

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

कुबेर सिँग राना मगरको जन्म सन् १९६०/६/२१ मा भएको थियो।[४]उहाँ पाल्पा जिल्ला राना बौघा गाविस ५ का स्थायी बासिन्दा हुनुहुन्छ ।[५] २०१७ साउन ६ गते स्वर्गवासी मेजर लीलाविर राना र जोगमाया रानाको कोखबाट जन्मनु भएका महानिरीक्षक रानाका चार दिदीबहिनी, सात दाजुभाई मध्ये पाँचौ हुन् । उनका एक श्रीमती, एक छोरा र एक छोरी छन् ।[६]

जागिरे जिवन[सम्पादन गर्ने]

महानिरीक्षक राना २०४० साल कात्तिक ३० गते नेपाल प्रहरीमा प्रवेश गर्नुभएको हो । निरीक्षक पदमा भर्ना भएका राना २०४६ साल माघ १० गते प्रहरी नायब उपरीक्षक पदमा बढुवा भएका राना २०५४ साल पौष १९ गते प्रहरी उपरीक्षक पदमा बढुवा हुनुभएको थियो । राना २०६१ सालमा प्रहरी वरिष्ठ उपरीक्षक, २०६५ सालमा प्रहरी नायब महानिरीक्षक र २०६८ साल असार ८ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा हुनुभएको थियो । उहाँ २०६८ साल असार ९ गतेबाट महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा प्रहरी आयुक्तको रूपमा कार्यरत हुनुहुन्थ्यो

पदक तथा पुरस्कारहरू[सम्पादन गर्ने]

रानाले सार्क सेवा पदक, प्रसिद्ध सेवा पदक, गोरखा दक्षिण वाहु चौथो, यु-एन। पदक, प्रहरी सेवा पदक, दुर्गम सेवा पदक, त्रिशक्ती पट्ट चौथो, वीरेन्द्र ऐश्वकर्य सेवा पदक, सु-प्रवल जनसेवा पदक लगायतका झण्डै एक दर्जन पदक प्राप्त गर्नुभएको छ ।

सन्दर्भ सूची[सम्पादन गर्ने]

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]