कुश्मा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कुश्माबाट अनुप्रेषित)
कुश्मा
Kushma
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लापर्वत जिल्ला
स्थापना२५ बैशाख २०७१ र २७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गनगर कार्यपालिका
 • मेयररामचन्द्र जोशी (नेपाली कांग्रेस)
 • उपमेयरसीता कुमारी काफ्ले लामिछाने (कांग्रेस)
 • कार्यकारीहिरामणि सुवेदी
क्षेत्रफल
 • जम्मा९३.१८ किमी (३५.९८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३९,६००
 • घनत्व४२०/किमी (११००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६७
केन्द्रसाविकको कुश्मा नगरपालिकाको कार्यालय
वेबसाइटwww.kushmamun.gov.np

कुश्मा पर्वत जिल्लाको एक नगरपालिका हो । कुश्माको मुख्य व्यापारिक केन्द्र शिवालयचोक हो । यो समुन्द्र सतहबाट झण्डै ९५३ मिटर माथी छ । पर्वत जिल्लामा साविकका ७ वटा गाविसहरू पाङ्ग, खुर्कोट, दुर्लुङ, शिवालय, कटुवा चौपारी, पिपलटारीपकुवा समेटेर नगरपालिका बनाइएको थियो ।कुश्मा नगर पोखराबाट ५७ किलोमिटर टाढा छ । यो नगरपालिका पर्वत जिल्लाको मुख्य ब्यपारिक केन्द्र हो । धार्मीक तथा ऐतिहासिक महत्त्व बोकेको मोदिबेनी दिव्यधाम, गुप्तेस्वर गुफा , कुश्मा ज्ञादी झोलुङ्गेपुल, अलपेस्वर गुफा, दुर्लुङ्ग कोट यहाँका मुख्य पर्यटकिय आर्कषण हुन् ।

पर्वत जिल्लाको जिल्ला समन्वय समितिको कार्यालय कुश्मालाई प्रचिनकालमा कुशुमपुर भन्ने गरिन्थो । प्रशस्त कुश तथा फलफुल पाईने स्थान भएको हुनाले माता पार्वतीले गङ्गामा स्नान गरी कुशुमपुरबाट फलफुल टिपी गुप्तेश्वर गुफामा तपस्या गर्नु भएको बखतमा शिवजीले बरदान दिएको भन्ने भनाई रहेको छ । कालान्तरमा कुशुमपुरबाट नाम बिस्तारै रूपान्तरित भई यस ठाउको नाम कुश्मा हुन पुगेको हो ।

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पर्वत जिल्लामा साविकका कुश्मा नगरपालिका, ठूलीपोखरी, खौलालाँकुरीआर्थर डाँडाखर्क गाउँ विकास समितिहरूलाई समेटिएका छन् ।[१] नगरपालिकाको कूल जनसङ्ख्या ३९,६०० रहेको छ । यसको क्षेत्रफल ९३.१८ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकालाई १४ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको सिमाना पूर्वमा मोदी गाउँपालिका, कास्कीस्याङ्जा जिल्ला, पश्चिममा बागलुङ जिल्ला, उत्तरमा जलजलामोदी गाउँपालिका तथा दक्षिणमा फलेवास नगरपालिकास्याङ्जा जिल्लासम्म फैलिएको छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  2. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]