कूल प्रसाद नेपाल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

कूल प्रसाद नेपाल पाल्पा क्षेत्र नं.३बाट निर्वाचित सभासद कुलप्रसाद नेपाल नेकपा एमालेका पाल्पा जिल्ला कमिटी सदस्य हुनुहुन्छ। ५७ वर्षीय नेपालले वामपन्थी राजनीति मार्फत २०२४ सालमा आफ्नो राजनैतिक यात्रा शुरु गर्नुभएको हो। पञ्चायत विरोधी राजनीतिमा संलग्न भएको अभियोगमा चार पटक गरेर उहाँले तीन वर्ष जेल जीवन बिताइसक्नुभएको छ। उहाँ २०४६को जनआन्दोलनमा वाममोर्चा पाल्पाको अध्यक्ष हुनुहुन्थ्यो र २०४८ साल देखि हालसम्म पार्टीको जिल्ला कमिटी सदस्य रहँदै आउनुभएको छ। उहाँले राजनीतिशास्त्रमा स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ।

पार्टीको एजेण्डा र जनता सँगको आफ्नो सामीप्यले आफूलाई संविधान सभा सभासद्‍मा विजयी बनाएको उहाँको अकलन छ। २०४८ सालमा संपन्न संसदीय निर्वाचनमा समेत भाग लिएका नेपालको रुचि राजनीति बाहेक समाजसेवामा पनि रहेको छ। सबैको सहकार्य र सहमतिले बन्ने संविधानले नै नयाँ नेपालको निर्माण गर्न सक्छ भन्ने उहाँको धारणा छ। कुलप्रसाद नेपालले संविधान सभामा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने र राज्यमा सबैको समावेशी प्रतिनिधित्व गराउने मुद्दाहरूलाई प्रमुखतासाथ उठाउने अठोट गर्नुभएको छ।[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा