कृष्णलाल अधिकारी
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
नेपालका प्रथम साहित्यिक शहीद कृष्णलाल अधिकारीको जन्म वि.सं. १९४४ माघ २४ गते हालको रामेछाप जिल्लाको कठजोर तिल्पुङ गाउँमा भएको थियो। उहाँ लक्ष्मणराज अधिकारी र इन्द्रकुमारी अधिकारीका माहिला छोरा हुनुहुन्थ्यो। १३ वर्षको उमेरमा कृष्णलालको विवाह रामेछापमा नै धर्मकुमारी सुवेदीसँग भएको थियो। उहाँका १ छोरा २ छोरी थिए। धर्मपत्नीको वि.सं. १९७७ वैशाख २१ गते निधन भयो।
उहाँले वि.सं. १९४६ तिर 'मकैको खेती' नामक पुस्तक लेख्न थाली वि.सं. १९७७मा पूरा गर्नुभएको थियो। ६० पृष्ठको उक्त पुस्तक नक्साल भगवती नजीकै पशुपति छापाखानामा १ हजारप्रति छापिएको थियो। पुस्तकको भुमिकामा कृष्णलालले उल्लेख गरेका 'बेलायति कुकुर्'ले तत्कालिन ब्रिटिस समुदायलाई इंगित गरेको रूपमा हेरियो भने पुस्तकमा- "मकै खाने रातो टाउको र कालो टाउको भएको कीरा" भनेर गरिएको उल्लेखलाई राणाहरूले आफूलाई व्यंग्य टानेर पुस्तकलाई प्रतिबन्ध गरे। स्मरण रहोस, चन्द्र शम्शेरले रातो र भीम शम्शेरले कालो फ्रेस क्याप (टोपी) लगाउने गर्दथे|उहा वि.सं. १९७७ श्रावण ११मा पक्राउ पर्नुभयो र ९ वर्षको जेल सजाय तोकियो|
कृष्णलाल अधिकारी त्यस बखत कौशील अड्डाका सुब्बा थिए|राणा कालिन दरवारिया दाउपेचमा उन का बिरोधि हरूको यस सजायमा ठुलै हात रहेको पनि विश्वास गरिन्छ | राणा कालीन समयमा 'सुब्बा' निजामति सेवामा उपल्लो दर्जा थियो| आफ्नो मातहतमा काम गर्ने मानिसबाट नै आफुहरू लाई होच्चाउने काम भएकोले उनलाई झन कडा सजाय भएको विश्वास गरिन्छ | छापिएको १००० प्रति मध्ये ९ सय ९९ पुस्तक जलाइयो र १ प्रति पुस्तक हालसम्म फेला परेको छैन।कुल ९ वर्ष जेल सजाय मध्ये ५ वर्ष हराएको १ प्रति किताबको लागि तोकिएको थियो |
वि.सं. १९८०मा उहाँको जेलमा नै निधन भयो |जेल मै मृत्यु भएकोले उनलाई प्रथम साहित्यिक शहिद भनिन्छ |