कृष्णा अमात्य
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
कृष्णा अमात्य
प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व गणेशमान सिंहबाट प्रभावित भएर राजनीतिमा होमिएकी कृष्णा अमात्य समानुपातिक तर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। काठमाडौं निवासी अमात्य २०५१ सालको संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नं.४बाट नेपाली कांग्रेसका उम्मेदवार हुनुहुन्थ्यो। विद्यार्थी आन्दोलन मार्फत २०३६ सालको जनमत संग्रहदेखि राजनीतिमा सक्रिय रहँदै आएकी अमात्यले नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य, नेपाल महिला संघको केन्द्रीय कोषाध्यक्ष र नेपाली कांग्रेसको काठमाडौं जिल्ला सचिवको जिम्मेदारी पूरा गरिसक्नुभएको छ। राजनैतिक संघर्षका क्रममा उहाँले २०४२ सालको सत्याग्रहमा एक वर्ष र जन-आन्दोलनको पूर्वसन्ध्यामा २०४५-४६ सालमा ५ महिना जेल जीवन बिताउनुभएको छ। त्रिभुवन विश्वविद्यालयबाट आइ.ए. सम्मको अध्ययन गरेकी ४३ वर्षीया सभासद अमात्यको रुचि भ्रमण र समाचार सुन्नुमा रहेको छ। नेपालको नयाँ संविधान लोकतान्त्रिक मूल्य-मान्यतामा आधारित हुनुपर्छ र त्यसैले देशको सुनौलो भविष्य फेर्न सक्छ भन्ने विश्वास राख्ने कृष्णा अमात्यले संविधानसभामा महिला अधिकार र वाल अधिकारका पक्षमा आवाज उठाउने अठोट गर्नुभएको छ। तीन दशक लामो राजनैतिक संघर्ष र सैद्धान्तिक निष्ठाको निरन्तरताले आफूलाई संविधानसभामा पुर्याएको उहाँको आकलन छ।