कृष्ण कुमारी परियार
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
कृष्णकुमारी परियार
१२ वर्षको सानो उमेरमै पञ्चायतविरोधी आन्दोलनमा क्रियाशील भएकी कृष्णकुमारी परियार संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक तर्फकी सभासद हुनुहुन्छ। २०३० सालदेखि प्रजातान्त्रिक आन्दोलनमा लागेकी परियार लोकतन्त्र स्थापनाको पछिल्लो आन्दोलनमा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो। राजनैतिक यात्रामा उहाँले पटक पटक पक्राउ र हिरासत भोग्नुपरेको छ। उहाँ नेपाली काङ्ग्रेस, कास्की दलित संघका सभपति हुनुहुन्छ। समाजसेवामा रुचि राख्ने परियार मानव अधिकारका क्षेत्रमा पनि क्रियाशील रहँदै आउनुभएको छ। राजनैतिक बाहेक सिलाई-बुनाई पेशामा संलग्न कृष्णकुमारी परियार कास्की स्थित नारी सेवा केन्द्रका उपाध्यक्ष हुनुहुन्छ। ४५ वर्षीया परियारका दुई छोरा र तीन छोरी छन्। स्थानीय विद्यालयमा माध्यमिक तहसम्म अध्ययन गरेकी परियार संविधानसभामा महिला, दलित, जनजातिको हक-हितका पक्षमा आवाज उठाउने बताउनुहुन्छ।