कृष्ण कुमार चौधरी
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
सभासद चौधरी माओवादी थारुवान राज्य समिति सदस्य हुनुहुन्छ। ०४७ देखि एमालेबाट राजनीतिमा लाग्नुभएका चौधरी ०५६मा माओवादीमा प्रवेश गर्नुभएको थियो। उहाँले चार वर्षसम्म सीबीआर प्रोजेक्छमा काम गर्नुभयो। त्यहाँ नेत्रहीनहरूलाई पढाउनुभयो।
०५८ देखि पूर्णकालीन हुनुभएका चौधरी एरिया, जिल्लाहुँदै क्षेत्रीय ब्युरो सदस्यसमेत हुनुभयो। उहाँ एक वर्षसम्म माओवादीको संचारक्षेत्रमा काम गर्नुभयो। गरीब किसान परिवारमा जन्मनुभएका चौधरी प्रमाणपत्र तहसम्मको औपचारिक अध्ययन गर्नुभएको छ।
किसानका कृषि ऋण मिनाहा र क्रान्तिकारी भूमिसुधार संविधानमै उल्लेख गराउनु उहाँको मुख्य एजेणड रहेको छ। माओवादीको जनमुखी नीति र आफूहरू जनताको पक्षमा ज्यानै माया मारेर लागेकाले विजयी बनाएको चौधरीको तर्क छ।[१]