कृष्ण ठाकुर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

कृष्णा ठाकुर

कृष्णा ठाकुर संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिकतर्फ प्रतिनिधित्व गर्नुहुन्छ। उहाँ नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा धनुषा जिल्ला समिति सदस्य हुनुहुन्छ। सभासद ठाकुरले आफ्ना श्रीमान् बुद्धिराम ठाकुरको प्रेरणाले २०४६ सालमा नेपाली काङ्ग्रेस मार्फत राजनीतिमा प्रवेश गर्नुभएको हो र निरन्तर सोही पार्टीमा क्रियाशील हुनुहुन्छ। यस अघिका संसदीय चुनावहरूमा उहाँ सहभागी हुनुभएको छैन। जनआन्दोलन २मा सक्रिय रहँदा पक्राउ परेर उहाँ हिरासतमा रहिसक्नुभएको छ। उहाँ नेपाल महिला सङ्घ(धनुषा) का समेत सदस्य हुनुहुन्छ। महिला अधिकार र सङ्घीय लोकतन्त्रका पक्षमा आवाज बुलन्द गर्दै आएकाले आफूलाई पार्टीले संविधानसभामा पुर्‍याएको उहाँको विश्लेषण छ। राजनीति वाहेक व्यापार पेशामा संलग्न रहेकी दुई छोरा र एक छोरीकी आमा ठाकुरलाई खाना पकाएर अरुलाई ख्वाउने विशेष सोख छ। सभासद ठाकुरले संविधानसभामा मधेशी महिलाको अधिकार र सङ्घीय लोकतन्त्रको स्थापनाका मुद्दाहरूलाई प्रमुखतासाथ उठाउने अठोट गर्नुभएको छ।

[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा