कृष्ण थुम्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

द्वापर युगमा भगवान श्री कृष्णले यस स्थानमा गाई चराएको हुनाले यस स्थानको नाम कृष्ण थुम्की रहन गएको किम्बदन्ती छ। झापा जिल्लाको सुदुर उत्तर–पूर्वी गाविस बाहुनडाँगी वडा नं. ७मा मेची नदी र सिद्धी नदीको संगममा रहेको कृष्णथुम्की धार्मिक एवं ऐतिहासीक दृष्टिकोणले अयन्तै महत्त्वपूर्ण छ। वरिपरि समथर जमीन रहेको स्थानमा भरेको पाथी जस्तो चुलिएर बसेको कृष्णथुम्कीलाई द्वापर युगमा भगवान श्री कृष्णले गाई चराएको ठाउँ भएको विश्वास गर्ने गरिन्छ। कृष्णथुम्कीमा एउटा चेप्टो ढुङ्गामा मानव र गाईको पद चिन्ह अङ्कित छ। कांकरभिट्टाबाट १७ कि.मी. उत्तरमा अवस्थित कृष्णथुम्कीमा, कृष्णथुम्की र अन्य ५ वटा थुम्की समेत जम्मा ६ वटा थुम्कीहरू रहेका छन्। यहाँ रहेको कृष्णथुम्कीवाहेक अन्य ५ वटा थुम्कीहरूलाई पाँच पाण्डवको प्रतिकको रूपमा लिने गरिएको पाइन्छ। यी थुम्कीहरूबाट झापा जिल्लाको अधिकांश क्षेत्र र भारतको केही क्षेत्रको दृश्यावलोकन समेत गर्न सकन्छि। कृष्णथुम्कीमा मेचीनगर नगरपलिका, बाहुनडाँगी गाविस र नेपाल पर्यटन बोर्डको संयुक्त प्रयासमा झापा भ्यू टावर निर्माण गर्ने लक्ष्य रहेको समेत देखिन्छ। यस स्थानमा टावर निर्माण भएमा त्यसबाट सुर्‍योदयको दृश्यावलोकन गर्न सकिन्छ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "कृष्ण थुम्की", birattourism.org.np  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-१६ मिति