कृष्ण प्रसाद सापकोटा
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
कृष्णप्रसाद सापकोटा
काभ्रेपलाञ्चोक, क्षेत्र नं. ३बाट निर्वाचित ५६ वर्षीय सभासद कृष्णप्रसाद सापकोटाले आफ्नो राजनैतिक जीवनको प्रारम्भ पञ्चायत व्यवस्थाबाट गर्नुभएको हो। २०४३ सालमा जिल्ला पञ्चायत सदस्य रहनुभएका सापकोटा २०४६ पछि नेकपा माले (हाल एमाले) सँग सम्बद्ध रही आउनुभएको छ। २०४६मा पार्टी संगठित सदस्य रहनुभएका सभासद सापकोटा २०४९ र २०५४मा काभ्रे जिविस सभापति निर्वाचित हुनुभयो। उहाँ हाल एमाले वाग्मती अञ्चल समन्वय समितिका सदस्य हुनुहुन्छ। कुनै पनि संसदीय निर्वाचनमा भाग नलिएका सापकोटा समाजसेवामा रुचि राख्नुहुन्छ। उहाँले संस्कृतमा स्नातक तह (शास्त्री) सम्मको अध्ययन गर्नुभएको छ। राजनीति बाहेक कृषि पेशामा समेत संलग्न उहाँका पाँच सन्तान छन्। धुलिखेल नगरपालिकामा उहाँको स्थायी बसोबास छ भने हाल लोकन्थली (मध्यपुर ठिमी)मा बस्नुहुन्छ। संविधानसभामा राज्यको पुन संरचना र समावेशी लोकतन्त्रको मुद्दालाई जोडदार रूपमा उठाउने उहँको तयारी छ। सापकोटा भन्नुहुन्छ-काभ्रेपलाञ्चोकका जनताले मलाई जिविस सभापति भएका वेलामा गरेको काम हेरेर तथा संविधानसभामा जनताको एजेण्डा राम्रोसँग उठाइदिन्छ भनेर नै विजयी गराएका हुन्।[१]