केतुके
नेपाली विकिपीडियाबाट
| Agave americana | |
|---|---|
| वैज्ञानिक वर्गीकरण |
|
| Kingdom: | Plantae |
| clade: | Angiosperms |
| clade: | Monocots |
| Order: | Asparagales |
| Family: | Asparagaceae |
| Subfamily: | Agavoideae |
| Genus: | Agave |
| प्रजाति: | A. americana |
| द्विपद नाम | |
| Agave americana L., 1753[१] |
|
केतुके अर्थात क्यातुके वा हात्तीबार लाई अङ्ग्रेजीमा सेन्चुरी प्लान्ट (century plant) वा अमेरिकन अलो (American aloe) भनेर चिनिन्छ । केतुके एक किसिमको काँडादार वनस्पति हो। यसका ठूलठूला काँडादार पात हुन्छन् । हात्तीलाई समेत छेक्न सक्ने भएकाले यसलाई हात्तीबार भनिएको हो ।
यो बोट रोपेको १५ वर्षसम्म सजिलै रहने गर्दछ । रूख सानो, पात धेरै र ठूला हुने अनि धेरै टाढा टाढासम्म यसका जरा फैलने र जरा औषधीमा समेत प्रयोग हुने भएकाले पनि यो धेरै उपयोगी मानिन्छ । २ सय ५० देखि ७ हजार ५ सय मिलिलिटरसम्म वर्षा हुने स्थानमा खेती नै गर्न सकिने केतुकेको जरा सेवन गर्दा रोकिएको दिशा, पिसाब खुल्ने, महिलाहरूको महिनाबारी नियमित हुने र छिनछिनमा बेहोस हुने खालका रोगहरू निको हुने विस्वास गरिन्छ । [२]
सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]
- ↑ "Agave americana L.", Germplasm Resources Information Network, United States Department of Agriculture, 2005-05-23
- ↑ बहुउपयोगी हात्तीबार लोपोन्मुख, घनश्याम गौतम