केदारनाथ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केदारनाथ
नगर
केदारनाथ
केदारनाथ
केदारनाथ is located in उत्तराखण्ड
केदारनाथ
केदारनाथ
उत्तराखण्ड, भारतमा अवस्थिति
केदारनाथ is located in भारत
केदारनाथ
केदारनाथ
केदारनाथ (भारत)
निर्देशाङ्क: ३०°४४′N ७९°०४′E / ३०.७३°N ७९.०७°E / 30.73; 79.07निर्देशाङ्कहरू: ३०°४४′N ७९°०४′E / ३०.७३°N ७९.०७°E / 30.73; 79.07
देशभारत
राज्यउत्तराखण्ड
जिल्लारुद्रप्रयाद
क्षेत्रफल
 • जम्मा२.७५ किमी (१.०६ वर्ग माइल)
उन्नतांश
३,५५३ मिटर (११६५७ फिट)
जनसङ्ख्या
 (2011)
 • जम्मा६१२
 • घनत्व२२०/किमी (५८०/वर्ग माइल)
भाषा
 • आधिकारिकहिन्दी, गढवाली
समय क्षेत्रयुटिसी+5:30 (IST)
Pin Code
246445
सवारी दर्ताUK-13
वेबसाइटuk.gov.in
केदारनाथ

केदारनाथ भारतका सहरहरू मध्येको एउटा सहर हो ।

केदारनाथ परिचय [१][सम्पादन गर्नुहोस्]

केदारनाथ भारत उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लाको एक नगरपञ्चायतमा रहेको, अति दुर्गमस्थलमा रहेका चारधाम मध्येको एक धाम हो । यिनलाई प्रसिद्ध शिवजी तथा प्रसिद्ध शिवलिङ्ग रहेको स्थान मानिन्छ । यो स्थान हिन्दूहरूको प्रसिद्ध तीर्थस्थल हो । केदारनाथ रहेको यो स्थान समुन्द्रि सतहबाट ३५८४ मिटर उचाईमा रहेको छ । शिवका १२ ज्योतिलिङ्ग मध्ये यिनी एक हुन् । आदि शंकराचार्यले ८२० ई.मा यिनै केदारनाथमा देह त्याग गरेका थिए । यहाँका पञ्चकेदारनाथहरु यस प्रकार छन् ।

  • १—केदारनाथ (३५८४मि.उचाईमा) मन्दाकिनी नदीको सिरानमा रहेकाछन् ।
  • २—मधमेश्वर (३२८९ मि.उचाईमा) चौखम्पा पहाडको चुचुरोमा रहेकाछन् ।
  • ३—तुङ्गनाथ (३८१० मि.उचाईमा) मधमेश्वर गंगा नदी र मार्कण्डे गङ्गानदीको संगम स्थल नजिक रहेका छन् ।
  • ४—रुद्रनाथ (२२८६ मि.उचाईमा) हटी पर्वतमा रहेकाछन् यी शिवको अनुहार मानिन्छन् ।
  • ५—कल्पनाथ (२१३४ मि.उचाईमा) यस प्रकारका पञ्चकेदारहरुमध्ये केदारनाथ प्रमुख केदार मानिन्छन् । केदारनाथका यी केदारको नजिकै पुराणअनुसार स्वर्गमा बग्ने गङ्गाको धारा मानिने कार्तिकेय (मोहन्याल) लाई केदारनाथले गाड(समुन्द्र) बगाएको मन्दाकिनीनदी रहेको छ । सत्ययूगका राजा केदारको नामबाट केदारनाथ रहन गएको हो, भन्ने मान्यता पाईन्छ । हजारौ वर्षपहिले पाण्डवहरूले यो केदारनाथको मन्दिर बनाएको मान्यता छ । यस स्थानलाई शंकराचार्यले आठौ शताब्दीमा पुर्ननिर्माण गरेका थिए । यिनै केदारनाथसंग सम्बन्धित
  • डोटी बोगटानका ठूला केदार, बन्नाकेदार,
  • डोटी देउवान गड्सेराका चाकाकेदार,
  • डडेल्धुराका अशिग्राम केदार
  • बैतडीका रौलाकेदार(रौलेश्वर केदार), ग्वालेख केदार,
  • पिथौड़ागड अस्कोट्का धजकेदार सम्बन्धित छन् |

केदारनाथका केदारको दक्षिण कुनामा भैरवको दलबल स्थापना गरिएको छ । यी भैरवका दलबल केदारका गार्ड हुन् । केदारको मन्दिरको पछाडि शंकराचार्यको समाधीस्थल रहेको छ । यहाँका तीर्थ स्थलमा महत्त्वपूर्ण स्थानहरु केदारले पार्वतीसँग विवाह गर्दाको होमकुण्ड अझै देख्न सकिन्छ । यो त्रिजुगानारायणको रूपमा रहेकाछन् ।

उखिमठ[सम्पादन गर्नुहोस्]

हिउँदको ठण्डी समयमा माथि शिखरमा अत्यधीक चिसो हुने भएका कारण केदारनाथ तल उखिमठमा आँउछन् भन्ने मान्यता छ । केदारनाथको चिसो महिनामा बस्ने उखिमठ हो । यस उखिमठमा केदारनाथ, केदारका पूजारी र ऋषिमुनीहरु बस्ने गर्दछन् । यी केदारलाई पञ्चकेदारमध्येका प्रमुख मानिएको छ । यस मठमा केदारनाथको पूजाको व्यवस्था मिलाउने रेखदेख गर्ने शिक्षा–दिक्षा दिने भक्तजनहरु बस्ने गर्दछन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. कत्युरी राजवंश, डोटी बोगटान राज्यका राजा रजवार ठकुरी वंशावली (२०७०)

पर्यटन स्थलहरू[सम्पादन गर्नुहोस्]