केन्द्रीय अन्वेषण ब्यूरो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

केन्द्रीय अन्वेषण ब्यूरो (Central Bureau of Investigation) अर्थात सीबीआई भारत सरकारको प्रमुख जाँच एजेन्सी हो। यो आपराधिक एवं राष्ट्रीय सुरक्षासँग जोडिएका विभिन्न प्रकारको मामिलाको जाँच गर्नको लागि लगाईन्छ।

यसले कार्मिक एवं प्रशिक्षण विभागको अधीन कार्य कार्य गर्दछ। यद्यपि यसको सङ्गठन फेडरल ब्यूरो अफ इन्वेस्टिगेशनसंग मिल्दो जुल्दो छ तर यसको अधिकार एवं कार्य-क्षेत्र एफ् बीआईको तुलनामा धेरै सीमित छ। यसको अधिकार एवं कार्य दिल्ली विशेष प्रहरी संस्थापन ऐन (Delhi Special Police Establishment Act), १९४६बाट परिभाषित छ। भारतको लागि सीबीआई नै इन्टरपोल को आधिकारिक एकाइ हो।

इतिहास[सम्पादन गर्नुहोस्]

केन्‍द्रीय अन्‍वेषण ब्‍यूरोको उत्‍पत्ति भारत सरकारद्वारा १९४२मा स्‍थापित विशेष पुलिस प्रतिष्‍ठानबाट भयो। त्यस समय विशेष पुलिस प्रतिष्‍ठानको कार्य द्वितीय विश्‍व युद्धको समयमा भारतीय युद्ध र आपुर्ति विभागको लेन-देनमा घूसखोरी र भ्रष्‍टाचारको मामिला जांच गर्नु थियो। विशेष पुलिस प्रतिष्‍ठानको अधीक्षण युद्ध विभागको जिम्मा थियो।

युद्ध समाप्ति पछि पनि, केन्‍द्र सरकारको कर्मचारीहरु द्वारा घूसखोरी र भ्रष्‍टाचारको मामिलाहरूको जांच गर्ने उदेश्यले एउटा केन्‍द्रीय सरकारी एजेंसीको जरूरत महसूस गरियो। यसैकारण १९४६मा दिल्‍ली विशेष पुलिस प्रतिष्‍ठान ऐन लागू गरियो । यो ऐनद्वारा विशेष पुलिस प्रतिष्‍ठानको अधीक्षण गृह विभागलाई हस्‍तान्तरित भयो र यसको कामकाजलाई विस्‍तार गरेर भारत सरकारको सबै विभागलाई समेटियो। विशेष पुलिस प्रतिष्‍ठानको क्षेत्राधिकार सबै सङ्घ राज्य क्षेत्र सम्म विस्‍तृत गरियो र सम्‍बन्धित राज्‍य सरकारको सहमतिबाट राज्‍यसम्म नै यसको विस्‍तार गर्न सकिन्छ। दिल्‍ली विशेष पुलिस प्रतिष्‍ठानलाई यसको लोकप्रिय नाम ‘केन्‍द्रीय अन्‍वेषण ब्‍यूरो’ गृह मंत्रालय संकल्‍प दिनांक १.४.१९६३द्वारा प्राप्त भयो। आरम्‍भमा केन्‍द्र सरकारद्वारा सूचित अपराध केवल केन्‍द्रीय सरकारको कर्मचारियों द्वारा भ्रष्‍टाचारसंग नै सम्‍बन्धित थियो। बिस्तारै बिस्तारै, ठूलो संख्‍यामा सार्वजनिक क्षेत्रको उपक्रमहरूको स्‍थापनाको साथै यि उपक्रमहरूको कर्मचारीलाई पनि केन्‍द्रीय अन्‍वेषण ब्यूरोको क्षेत्रको अधीन ल्याईयो । यस प्रकार, १९६९मा बैङ्कको राष्‍ट्रीयकरण पछि सार्वजनिक क्षेत्रको बैङ्क र त्यसको कर्मचारी पनि केन्‍द्रीय अन्‍वेषण ब्‍यूरोको क्षेत्रको अधीन आए।

आलोचना[सम्पादन गर्नुहोस्]

केन्द्रीय अनुसन्धान ब्यूरो प्रायः विवादों र आरोपबाट घेरी रहन्छ। यस माथि केन्द्रीय सरकारको एजेंटको रूपमा पक्षपातपूर्ण काम गर्ने आरोप लागि रहन्छ।

वाह्य सूत्र[सम्पादन गर्नुहोस्]