केराउ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
मटर (केराउ)
मटर
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
भाग: Magnoliophyta
(श्रेणीविहीन): eudicots
गण: Fabales
कुल: लेग्यूमिनेसी
उपकुल: Faboideae
Tribe: Vicieae
वंश: पाइसम
प्रजाति: पाइसम सैटिवम
द्विपद नाम
पाइसम सैटिवम
कारलोस लिनियस
Pisum sativum

मटर (केराउ) एउटा तरकारी अथवा दालको रूपमा खाइने दलहन (गेडागुडी) बाली हो। मटर एक तुषारो-सहने, शीतकालको पोषणयुक्त दालजातीय सब्जी हो, जो विश्वभरि व्यापकमात्रामा उत्पादन गरिन्छ। एक चिसो मौसमको बालीको रूपमा यो शीतोष्ण (मन्दताप) क्षेत्रमा धेरै मात्रामा उत्पादन गरिन्छ, तर उष्णकटिबन्ध (गर्मी क्षेत्र)-मा चिसो उच्च क्षेत्र र उप-उष्णकटिबन्धीय क्षेत्रमा ठण्डी महिनामा यो सीमित हुन्छ। यो प्रोटिन (२५ प्रतिशत), एमिनो एसिड, चिनी (१२ प्रतिशत), कार्बोहाइड्रेट्स, भिटामिन ए र सी, क्यालसियम र फस्फोरसको सम्पन्न स्रोत हो। यसबाहेक, यसमा फलामको थोरै मात्रा हुन्छ। मटरमा अत्यधिक प्रोटिन हुने भएकोले यो सब्जीको निम्ति धेरै महत्त्वपूर्ण हुन्छ।

औषधोपचार[सम्पादन गर्ने]

प्रयोग[सम्पादन गर्ने]

•क. ताजा हरियो दाना, कलिलो हरियो कोसा, सुक्खा दाना र सागको रूपमा यसको उत्पादन गरिन्छ।
•ख. हरियो मटर सब्जीको रूपमा पकाएर खाइन्छ, अनि ताजा र डिब्बामा भरेर बिक्री गरिन्छ भने पाकेको सुक्खा मटरको दाना सिङ्गै, टुक्रा वा पीठोको रूपमा प्रयोग गरिन्छ।
•ग. विश्वका केही भागमा सुक्खा मटरको दाना काटा-दालको रूपमा, पोलेर, भुटेर वा उसिनेर खाइन्छ।
•घ. केही प्रजातिहरू कलिलो हरियो कोसाको निम्ति उत्पादन गरिन्छ, जसलाई पकाएर वा काँचै खाइन्छ।
•ङ. कहिलेकाहीं मटर बेमौसममा स्वादिष्ट बनाउनको निम्ति सुकाएर राखिन्छ।
•च. यसको कोसा काँचै खानाले झाडा-पखाला चल्छ। यसको पीठो नरम पार्ने र औषधिमा पुल्टिस (मर्केको ठाउँमा प्लास्टर गर्ने)-को रूपमा प्रयोग गरिन्छ। यसको कोसामा ट्राइपसिन र काइमोट्राइपसिन हुन्छ जो गर्भनिरोधक, एकबोलिक, दादनिरोधक र सपपरमाइसाइडको रूपमा प्रयोग गर्न सकिन्छ। मटरमा कुनै विषालु पदार्थ हुदैन वा एन्टी-मेटाबोलिट हुन्छ अर्थात् पोल्ने तत्त्व हुँदैन।

मटरको वर्गीकरण[सम्पादन गर्ने]

भारतमा साधारणत: दुई प्रकारको मटर उत्पादन गरिन्छ। ठूलो मटर (पाइसम सेटिभम प्रजाति हर्टेन्स) हरियो रंगको, खुम्चेको स्वादिलो दाना हुन्छ र खानको निम्ति प्रयोग गरिन्छ। कलिलो हरियो कोसा टिपेर बजारमा बिक्री गरिन्छ, जसले राम्रो मूल्य दिन्छ।

अर्को प्रकारको कोसा मसिनो हुन्छ, जो दालको रूपमा प्रयोग गरिन्छ, जसलाई मसिनो मटर (पाइसम सेटिभम प्रजाति अर्भेन्स)-को रूपमा चिनिन्छ। यसको कोसा गोलो वा हल्का हाडे, कडा र सेतो रंगको हुन्छ। यसको बोट निकै बलियो हुन्छ अनि सुक्खा र तुषारोको प्रतिरोध गर्न सक्छ।

मीठो कलिलो दाना अर्को प्रकारको मटर हो, जसमा सजावटी तत्त्व हुन्छ। यसको बोट अग्लो, एकसमान हुन्छ र निकै सुगन्धित फूल दिन्छ। यस प्रकारको मटरको थोरै वा कुनै आर्थिक मूल्य छैन।

वनस्पतिशास्त्र[सम्पादन गर्ने]

मटर दालजातीय एक वार्षिक फसल हो। यसको बोट रसिलो, ठाडो (ठूलो मटर) र ३०-४५ सेन्टीमिटर अग्लो हुन्छ भने सानो मटर ५०-७५ सेन्टीमिटर अग्लो हुन्छ। ठूलो मटर ठाडो हुने भएकोले यो ठाडै रहन्छ भने सानो मटर थाँक्रा लगायो भने यसको लहरा माथि-माथि चढ्छ। बोटमा शीर्ष जरा व्यवस्था हुन्छ र भुइँमाथि गुजुल्टो परेको हुन्छ। डाँठ खोक्रो, पातलो, रसिलो र लामो हुन्छ। यसमा एकैसाथ गाँसिएको पात र तीन जोडा पत्रदल हुन्छ र झर्ने पत्रदल झुप्प परेको मसिनो आँकुरा हुन्छ। पातको डाँठको फेदमा एउटा ठूलो पातको गाँठो वा बाहिरी आवरण पाइन्छ र त्यसले पातको डाँठलाई यस्तो प्रकारले ढाकेको हुन्छ, जसलाई फूलडाँठबिनै अडिएको (सेसिल) जस्तो देखिन्छ। फूलहरू कोखीय फूलगुच्छको रूपमा मिलेर बसेका हुन्छन्। फूलहरू रातो, कलेजी वा सेतो रंगको हुनसक्छन्। यी फूलहरूले आफै पराग हाल्छन् र ५-७ सेन्टीमिटर लामो, फुलेको वा गोललाम्चो कोसा भएको ५-११ दाना आफूभित्र विकास गर्छन्। दानाहरू रेसावहिनी, हल्का चुच्चो, चिल्लो वा खुम्चेको, सेतो, कैलो, हरियो वा खैरो रंगको हुन्छन्। १० देखि ३६ ग्राम ओजनबाट करिब १०० कोसा प्राप्त गर्न सकिन्छ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]