केशवप्रसाद उपाध्याय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डा. केशवप्रसाद उपाध्याय (१९९०)को जन्मस्थान नारायणी अञ्चलको मकवानपुर जिल्ला हो । उनले बालकृष्ण समको दुःखान्त नाट्यचेतना शीर्षकमा शोध पूरा गरी विद्यावारिधि उपाधि प्राप्त गरेका छन् । यिनी निबन्धकारका रूपमा पनि परिचित छन्, तर मूलतः यिनी समालोचकै रूपमा प्रतिष्ठापित छन् । उपाध्यायका समालोचनासम्बन्धी निम्नलिखित पुस्तकहरू प्रकाशित छन् :[१]

  1. साहित्यप्रकाश (२०३०)
  2. प्राथमिक कालीन काव्य र काव्यप्रवृत्ति (२०३२)
  3. केही रचना : केहीविवेचना (२०३२)
  4. रिमाल : व्यक्ति र कृति (२०३३)
  5. तरुणतपसीको पुनर्मूल्याङ्कन (२०३४)
  6. पूर्वीय साहित्य सिध्दान्त (२०३४)
  7. विचार र व्याख्या (२०४०)
  8. बालकृष्ण समको दुःखान्त नाट्यचेतना (२०४५)
  9. नाटक र रङ्गमञ्च (२०५२)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. कँडेल, घनश्याम (२०५५), नेपाली समालोचना, काठमाडौँ : साझा प्रकाशन