केशवप्रसाद नेपाल
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
सभासद नेपाल माओवादी कार्यालय सचिव तथा संयुक्त जनक्रान्तिकारी परिषद्को केन्द्रीय सदस्य पनि हुनुहुन्छ। नेकपा एकताकेन्द्र मसाल चार टुक्रा भएपछि एउटा समूहको नेतृत्व उहाँले गर्नुभएको थियो। जुन पार्टीको नाउँ थियो नेकपा ००६। त्यसको नेपाल महासचिव हुनुहुन्थ्यो। ०६३ चैत २२ गते त्यो दल माओवादीमा बिलय भएको थियो।
०३२ देखि चौथो महाधिबेसनबाट राजनीतिमा लाग्नुभएका नेपाल ०३७मा नेकपा मसालको सिन्धु पाल्चोकको संस्थापकमध्ये एक हुनुहुन्छ। ०४२मा मसाल फुटेपछि उहाँ मोहनविक्रम सिंहतिर लाग्नुभएको थियो। मसालको केन्द्रीय सदस्य पनि बन्नुभयो। एकताकेन्द्र मसालमा उहाँ क्षेत्रीय ब्युरो सदस्य हुनुहुन्थ्यो।
उहाँका ६ वटा उपन्यास प्रकाशित छन्।
गणतन्त्रलाई संस्थागत गर्न संविधानमै उल्लेख गराउन पहल गर्नु नै आफ्नो मूल एजेण्डा बताउने नेपालमाओवादीको अग्रगामी कार्यदिशाका कारण आफूहरूलाई विजयी बनाएको दाबी गर्नुहुन्छ।[१]