केशव राई
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
सभासद् केशव राई माओवादी राज्य समिति सदस्य हुनुहुन्छ। ०४३ देखि माले अखिलबाट राजनीति थाल्नुभएका राई ०५९मा माओवादीले गठन गरेको ओखलढुंगा जनसरकार प्रमुख हुनुभएको थियो। ०५८ देखि माओवादीमा भूमिगत हुनुभएका राई माओवादी ओखलढुंगा सचिव र क्षेत्रीय ब्युरो सदस्य पनि हुनुभयो।
बर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय रूपमा राज्यको पुनर्संरचना सविधानमै सुनिश्चित गराउने उहाँको मूल एजेण्डा छ। सविधानसभाको एजेण्डा नै माओवादीले उठाएको र त्यो एजेण्डासँगै माओवादीको कार्यदिशा जनमुखी भएकाले आफूलाई जनताले जिताएको राईको तर्क छ।[१]