कोत पर्व
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
[सम्पादन गर्ने] कोत पर्व
वि.सं. १९०३ भादै ३१ गते राति महारानी राज्यलक्ष्मीको प्रिय पात्र तथा मन्त्रिपरिषद्का सदस्य गगनसिंह खवासको रहस्यमय ढंगले गरिएको हत्यारा पत्ता लगाउन महारानीको आदेशले वि.सं. १९०३ असोज २ गते शनिबार राति सबै भारदारहरूलाई कोतको परिसरमा जम्मा हुने आदेश अनुसार कोतमा भेला भए। गगनसिंहको हत्यारा पत्ता लगाउने सिलसिलामा एक अर्कामा भनाभन हुँदा जंगबहादुर राणाका मानिस युद्दवीर अधिकारीद्वारा सर्वप्रथम अभिमानसिंह बस्नेत मारिएपछि स्थिति चर्किदैँ हात हालाहाल तथा गोली हानाहान हुँदा अभिमानका साथसाथै त्यतिखेर नेपालका प्रधानमन्त्री फत्तेजङ्ग शाह, दलभंजन पाण्डे लगायतका ४० जनाको हत्या भएको कोतको परिसरमा रगतको खोला बग्यो। यस्तो विभत्स र दु:खलाग्दो स्थितिको फाइदा उठाएर जंगबहादुर प्रधानमन्त्री बने र १०३ वर्षको राणा शासनको उदय भयो।