कोमल निरौला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

'कोमल निरौला पुराना गायक, गीतकार र संगीतकार हुन्। उनको जन्म २०१० साल कात्तिकमा इलामको नाम्सालिङमा भएको हो[स्रोत नखुलेको]।उनका पिताको नाम सर्मानन्द र माताको रेणुका हो[स्रोत नखुलेको]

इलाम बस्ने निरौलाले एक दर्जन गीत रेकर्ड गराएका छन् भने दश वटा जतिमा संगीत दिए र पाँच वटाजति गीत रचना गरेका छन्{{cn}। उनको पहिलो गीत २६ सालमा रेडियो नेपालमा रेकर्डिङ्ग भएको थियो। उनको पहिलो गीत 'के सानी रहिछौ नानी तिमी, बोलाऊ बोलाऊ लाग्छ..' (बालगीत) हो। २०४१ सालमा रत्न रेकर्डिङ्ग संस्थानले राष्ट्रिय युवागीत प्रतियोगिता गर्‍यो[स्रोत नखुलेको]भक्तराज आचार्यको संगीतमा उनले 'अखण्ड सत्य हौं युवा यो देशको...' गीत गाए। उक्त गीत दोस्रा भयो। उनले गाएका गीतमध्ये 'चिल होइन बेसारा चल्ला टिपीलाने....' चर्चित बनेको लोकगीत हो। यो गीतमा सूलोचना कर्माचार्यको पनि श्वर छ। २०५८ सालमा छोरा डेनी निरौलाले दिएको संगीतमा रेकर्ड भएको गीत अहिलेसम्मको उनको अन्तिम गीत हो। इलामको महेन्द्ररत्न कलेजबाट बि.ए. र केन्द्रीय क्याम्पस (कीर्तिपुर)बाट बी.एड. गरेका निरौला अहिले इलामस्थित शैक्षिक तालीम केन्द्रमा प्रशिक्षक छन्। हाल उनी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य हुन[स्रोत नखुलेको]