कोर्फबल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कर्फबल/कर्फबल (Korfball) नेदरल्याण्डको राष्ट्रिय खेल पनि हो ।

कर्फबललाई सन् १९२८को ओलम्पिकमा पहिलोपटक प्रदर्शन खेलका रूपमा समावेश गरिएको थियो । यो खेलले युरोप, अमेरिका हुादै एसियामा पनि छाप जमाउन थालिसकेको छ । नेपाल भित्रिएको छोटो समयमा नै यो खेलप्रति युवाको आकर्षण बढ्न थालेको छ । बास्केटबलसँग तुलनात्मक रूपमा समानता देखिने यो खेलमा महिला र पुरुष खेलाडीको समान सहभागिता हुने भएकोले पनि यसप्रति युवाको आकर्षण बढ्दै गएको छ। कर्फबलको एउटा टिममा चार महिला र चार पुरुष खेलाडी हुन्छन् । कर्फबलमा खेलको अन्तर्राष्ट्रिय मान्यता अनुरूप महिला खेलाडीले घुडाभन्दा माथिको स्कर्ट प्रयोग गरिन्छ ।

बास्केटबलका बास्केटबलमा स्कोर हुन्छ भने कर्फबलमा गोल गरिन्छ । बास्केटबलमा जस्तै कर्फबलमा ११.६ फिट अग्लो पोलमा गोल गर्नुपर्छ । कर्फबल खेलाडीका लागि उचाइ लाभदायी पक्ष हो । युरोपेली खेलाडीहरू प्रायः अग्ला हुने भएकाले उनीहरूका लागि यो खेल तुलनात्मक रूपमा सहज हुने गर्दछ ।

छिमेकी देश भारतमा कर्फबल ३४ वर्ष अघि भित्रिएको थियो तर नेपालमा यो खेल भित्रिएको भर्खरै एक वर्ष भए पनि यो खेलप्रति रुचि राख्नेको सङ्ख्या भने बढ्दैछ । काठमाडौका विभिन्न स्कूल र कलेजहरूले आफ्ना वाषिर्क खेलकुद क्यालेन्डरमा कर्फबललाई पनि समावेश गर्न थालिसकेका छन् । काठमाडौाका रिब्स, लोयल्टी, आइडियल, गि्रनल्यान्ड, भेनस, पब्लिक माउण्ट ग्लोरी, जगत् मन्दिर, ह्वाइटफिल्डलगायत स्कूलहरूले कर्फबल प्रशिक्षण सुरु गरिसकेका छन् ।

नेपाल भित्रिएको छोटो समयमा नै कर्फबलले एसियन कर्फबल प्रतियोगितामा समेत सहभागिता जनाइसकेको छ । नेपाली खेलाडीले भारतीय प्रशिक्षक सचिन्दर कुमारको प्रशिक्षणमा छ महिनाको अभ्यासपछि एसियन कर्फबल प्रतियोगितामा सहभागिता जनाएको थियो । एसियन कर्फबल प्रतियोगितामा नेपाललगायत भारत, कोरिया, चीन, ताइपेई, हङकङ, पाकिस्तानका खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपाली र पाकिस्तानी महिला खेलाडीहरूले कर्फबलको पोशाक प्रयोग गर्न हिच्किचाहट प्रकट गरेका थिए । दोस्रो एसियन कर्फबलमा नेपाल र पाकिस्तानको यो पहिलो सहभागिता थियो । पाकिस्तानकी एक महिला खेलाडीले आफूलाई कर्फबल रमाइलो लागेको भए पनि यसमा प्रयोग हुने पोशाक भने केही असहज भएको बताएकी थिइन् । कर्फबलमा बास्केटबल जस्तै दौडनु, उफ्रनु र बल खोस्नुपर्ने हुनाले एसियाका केही देशका महिला खेलाडीलाई शुरुमा स्कर्ट प्रयोग असहज हुने गरेको छ ।

अन्तर्राष्ट्रिय स्तरमा कर्फबलका वाषिर्क ३१ वटा प्रतियोगिता हुने गरेको छ | २००८मा भारतको जयपुरमा असारको पहिलो हप्ता भएको दोस्रो एसियाली कर्फबल प्रतियोगितामा नेपालले सातौ स्थान हासिल गरेको थियो । पहिलो पटक कर्फबलको अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएको नेपाली टिमले भारत, हङकङ, दक्षिण कोरियाजस्ता सशक्त टिमको सामना गर्नुपरेको थियो । एक महिनाको अभ्यासपछि सोझै एसियाली खेलमा सहभागिता जनाएको नेपालले भारत, हङकङ, दक्षिण कोरिया र पाकिस्तानसाग पराजय भोग्नुपरेको थियो । अन्य देशका अग्ला र अनुभवी खेलाडीका अगाडि नेपालका खेलाडीको जमात केही होचा र थोरै अनुभवी रहे पनि नेपालको प्रदर्शन प्रशंसित नै रहेको थियो । एसियाली प्रतियोगितामा नेपाललाई भारतले १६-१३ गोलले, दक्षिण कोरियाले १५-७ गोलले, हङकङले ३५-७ गोलले र पाकिस्तानले नेपाललाई १६-१३ गोलले हराएको थियो ।

एसियाली खेलमा नेपालकी खेलाडी भावना लामा सबैभन्दा कम उमेरकी खेलाडी बनेकी थिइन् ।

विश्व प्रतियोगिता[सम्पादन गर्नुहोस्]

सन १९७८ देखि हरेक ४ वर्षमा आयोजना हुन थालेको अन्तर राष्ट्रिय प्रतियोगिता का विजेता हरू देहाय वमोजिम छन|

Year Host Champion Second place Third place
I Details 1978 Netherlands  नेदरल्यान्ड  बेल्जियम  West Germany
II Details 1984 Belgium  नेदरल्यान्ड  बेल्जियम  West Germany
III Details 1987 Netherlands  नेदरल्यान्ड  बेल्जियम  संयुक्त अधिराज्य
IV Details 1991 Belgium  बेल्जियम  नेदरल्यान्ड  चिनियाँ ताइपेई
V Details 1995 India  नेदरल्यान्ड  बेल्जियम  पोर्तगाल
VI Details 1999 Australia  नेदरल्यान्ड  बेल्जियम  संयुक्त अधिराज्य
VII Details 2003 Netherlands  नेदरल्यान्ड  बेल्जियम  चेक गणतन्त्र
VIII Details 2007 Czech Republic  नेदरल्यान्ड  बेल्जियम  चेक गणतन्त्र
IX Details 2011 China