कोशिका भित्ति
नेपाली विकिपीडियाबाट
जीवाणु एवं वनस्पति कोशिकाहरूमा कोशिका झिल्लीको बाहिर निर्जीव, पारगम्य तथा मोटो भित्तो हुन्छ त्यसलाई कोशिका भित्ति भनिन्छ। वनस्पति कोशिकामा यो कोशिका झिल्लीको बाहिर परन्तु जीवाणुमा स्लाइम पर्तको मुनि हुन्छ। केही निम्न श्रेणीका एक कोशिकीय बिरुवाहरू, वनस्पतिको जनन कोशिका एवं प्राणी कोशिकामा कोशिका भित्ति हुँदैन। कोशिका भित्तिको निर्माण सेलूलोज, पेक्टोज तथा अन्य निर्जीव पदार्थहरूद्वारा हुन्छ। कोशिका भित्तिमा दुई परतहरू हुन्छन् जसको मध्य लमेला नामक भित्तो हुन्छ। कोशिका भित्तिको मुख्य कार्य कोशिकालाई आकृति प्रदान गर्नु र प्रोटोप्लाज्मको रक्षा गर्नु हो। [१]
|
|||||||
सन्दर्भ[सम्पादन गर्ने]
- ↑ त्रिपाठी, नरेन्द्र नाथ (मार्च २००४), सरल जीवन विज्ञान, भाग-२, कोलकाता: शेखर प्रकाशन, p. ८६-८७