कोहलपुर नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कोहलपुरबाट अनुप्रेषित)
कोहलपुर नगरपालिका
कोहलपुर नगरपालिका
कोहलपुर नगरपालिका is located in नेपाल
कोहलपुर नगरपालिका
कोहलपुर नगरपालिका
नेपालको नक्सामा कोहलपुर
निर्देशाङ्क: २८°१२′उ॰ ८१°४१′पू॰ / २८.२००°N ८१.६८३°E / 28.200; 81.683निर्देशाङ्कहरू: २८°१२′उ॰ ८१°४१′पू॰ / २८.२००°N ८१.६८३°E / 28.200; 81.683
देश नेपाल
अञ्चलभेरी
जिल्लाबाँके
सरकार
 • अङ्गकोहलपुर नगरपालिका सरकार
 • मेयरपूर्ण आचार्य
 • उप मेयरसंगिता सुबेदी
क्षेत्रफल
 • जम्मा६८५ किमी (२६४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा८७३००
समय क्षेत्रयुटिसी+5:45 (NST)
हुलाक कोड
21904
क्षेत्रीय सङ्केत081
वेबसाइटwww.kohalpurmun.gov.np

कोहलपुर नगरपालिका बाँके जिल्लामा पर्ने नगरपालिका हो । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा कोहलपुर र रझेना गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा कोहलपुर पनि नगरपालिका बनेको हो। यो सहर पूर्व-पश्चिम राजमार्गमा पर्ने नेपालको सबैभन्दा छिटो विकास हुने ठाउँहरू मध्ये एक हो। यस सहरकाे छिमेकी सहर नेपालगन्ज दक्षिणमा (१६ किमी), घोराही सहर पश्चिममा दाङ जिल्ला (१३५ किमी) र नेपालगन्ज देखि थप ६ किलोमिटर दक्षिणमा भारतीय सिमाना रहेकाे छ।

स्थापना[सम्पादन गर्नुहोस्]

विं. स. २०७१ वैशाख २५ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम औपचारिक रुपमा साविकको कोहलपुर गाविस र रझेना गाविस वि.सं. २०७१ ज्येष्ठ ७ का दिन गाभिएर यस कोहलपुर नगरपालिकाको स्थापना भएको हो । पछि समसेरगन्ज गाविसको केही भाग वि.सं. २०७३ मा कोहलपुर नगरपालिकामा समायोजन भएको हो ।

जनसङ्ख्या र जनजाति समुदाय[सम्पादन गर्नुहोस्]

कोहलपुर नगरप्रोफाइल-२०७४ मा दिइएको घरधुरी सर्वेक्षण, २०७३ को विवरण अनुसार कोहलपुर नगरपालिकामा कुल घरपरिवार १७,६८९ तथा कुल जनसङ्ख्या ८७,३०० रहेको छ । औसत जनसङ्ख्या वृद्धि दर ३.५३ प्रतिशत छ ।  जाति समुदायका आधारमा कोहलपुरमा कुल जनसङ्ख्यामध्ये पहाडी दलित (११ प्रतिशत), मधेसी दलित (२.२ प्रतिशत), पहाडी जनजाति तथा आदिबासी (९.८ प्रतिशत), मधेसी जनजाति तथा आदिबासी (२६.९ प्रतिशत), पहाडी ब्राम्हण/क्षेत्री/ ठकुरी/ सन्यासी (४३.६ प्रतिशत), मधेसी ब्रम्हण/  क्षत्री/ राजपुत (२ प्रतिशत), मुस्लिम (२.७ प्रतिशत), पहाडी अन्य(०.५ प्रतिशत), मधेसी अन्य (१.३ प्रतिशत) जाति लगायत खटिक, चिडीमार आदिजस्ता लोपान्मुख तथा सीमान्तकृत समुदायका मानिसहरु बसोबास गर्दछन् ।

MANCHASTER IS RED MADRID IS BLUE MESSI IS BETTER THAN YOU

BY NILESH ADHIKARI

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]