कौडा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
समुन्द्री कौडा

कौडा समुन्द्री कीराको सिपी (shell) हो। मानिसले यसलाई घर सजाउनदेखि लिएर जुवा खेल्न सम्म विभिन्न प्रयोगमा ल्याउने गरेका छन्।

संसारमा कौडीको अस्तित्व कहिले प्रकाशमा आयो ? यो भन्न मुस्किल छ। प्राचीन कालदेखि नै मानिसको साथ यसको घनिष्ट सम्बन्ध रहँदै आएको छ। कौडी हाम्रो धार्मिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक जीवनको अनेक पक्षहरूसँग जोडिएको छ। मानिस यसलाई पूजा गर्ने गर्दछ भने यसबाट मनोरञ्जन पनि लिने गर्दछ यसबाट जुवा खेल्ने गरिन्छ भने औषधि पनि बन्दछ। यसले सजावट गर्ने गरिन्छ भने शृङ्गार पनि गर्ने गरिन्छ तर यसको सर्वाधिक उपयोग विनियम प्रणाली (लेनदेन) लाई सजिलो बनाउनका लागि गर्ने गरियो। यही कारण हो कि संसारभरिमा जहाँ जहाँ ऐतिहासिक उत्खनन भएको छ, त्यहाँ कौडीहरू अवश्य पाइएको छ।

प्राचीनकालदेखि नै कौडी सिक्काको रूपमा चलिरहृयो। एक समय यस्तो थियो, जब विनिमयका लागि मुद्राको रूपमा कौडी नै प्रचलित थियो। प्राचीनकालमा जब धातुका सिक्का प्रचलनमा थिएन, तब व्यापार, विनिमयमा कौडीहरूको ठूलो महत्त्व थियो। त्यस समयमा पूरै संसारका व्यवसायमा कौडीहरूको प्रयोग मुद्राको रूपमा गर्ने गरिन्थ्यो। यसको सबैभन्दा ठूलो प्रमाण छ कि कौडीको स्थानमा धातुको सिक्का चलेर पनि मुद्राको रूपमा कौडीको अस्तित्व केही समयसम्म रहिरहृयो। अफ्रिकाको धेरै जस्तो भागहरूमा १९ औँ शताब्दीको मध्यसम्म कौडी प्रमुख मुद्रा थियो। त्यहाँका राजा 'क्युरियामा'को वाषिर्क आय ३ करोड कौडी थियो। नास्सावामाका राजाले आफ्नो जमीन एक अफ्रिकी कम्पनीलाई ३ लाख कौडीमा दिएका थिए। सन् १८६०मा त्यहाँ ५ कौडीले एउटा अण्डा र ३० कोसा केरा पाइन्थ्यो। त्यहाँका 'इभ' जनजातिका मानिसहरू लासलाई माटोमा गाड्दा साथसाथ कौडीहरूले ढाकिदिन्थे, ताकि मृतक कसैको भएमा त्यसले उक्त कौडीहरूबाट असुल गर्ने गरिन्छ भन्ने धारणा छ। यस्तै मिश्रमा मृतकको आँखाको ठाउँमा कौडी लगाइदिने गरिन्छ, किनभने कौडी खुल्ला आँखा जस्तै देखिने भएको हुनाले मिश्रबासीहरूको विश्वास छ कि मृतकको आँखामा कौडी राख्नाले दुष्ट आत्माहरू भाग्दछ।

मिश्र, ग्रीस आदि देशहरूमा पूजा, प्रसाधन र शृङ्खलाका कायहरूमा कौडीको प्रयोग बढी मात्रामा हुने गर्दछ। यहाँ विशेषगरी धार्मिक अनुष्ठानहरू एवं जादू टुनामुना आदिमा प्रयोग हुनेगर्दछ। साइप्रसमा कामदेवता 'एप|mोडाइट'को मन्दिरमा कौडीलाई नै पूजा गर्ने गरिँदै आइरहेका छन्। सुडानका आइमाईहरू धेरै सन्तान पाउने इच्छाले कम्मरमा कौडीको जोडी बाँध्ने चलन रहिआएको छ।

युगाण्डामा सन् १९२१ सम्म एक हजार कौडीहरू २ रूपियाँ बराबर हुन्थे। अपि|mकामा दुई हजार कौडीहरू एक अमेरिकी डलर बराबर हुन्थे। वेष्ट इण्डिजको एक चर्च निर्माणमा लगभग ३ करोड ६० लाख कौडीहरू मजदुरीलाई ज्याला स्वरूप बाँडिएको थियो। इङ्गल्याण्डमा एक हजार कौडीहरू एक शिलिङ्ग बराबर हुन्थे।

मार्कोपोलोले चीनमा मुद्राको रूपमा कौडीहरूको चलन चलाएको पाइएको थियो। एक समय थियो, जब चीनमा धातुको सिक्का कौडीसँग मिल्दोजुल्दो बन्दथे। दोहा, कतारमा सन् १९३० सम्म कौडीको नै सिक्का चल्दथ्यो। सन् १९३१ सम्म सुडानका 'लेबी' जनजातिमा सम्पूर्ण कारोबार यही कौडीहरूमा नै चल्दथ्यो।

नेपालमा कौडीको चलनचल्ति धेरै नभएतापनि जुवा खेल्नका लागि कौडी प्रयोग गरेको पाइन्छ, यो चलन परापूर्वकालदेखि नै खेल्दै आइरहेको पाइन्छ, भने तराईका थारू समुदायका महिलाहरूले गहनाको रूपमा कौडीको माला बनाएर लगाउने चलन पनि रहिआएको छ।

कौडी आखिर के हो ?[सम्पादन गर्ने]

कौडी वस्तुतः एक समुद्री कीराको 'अस्तिकोष' हो। यो जल-जीव 'मोलस्का' वर्गको सबैभन्दा ठूलो उपवर्ग 'ग्यास्ट्रोपोडा'मा आउँदछ। विज्ञानको भाषामा कौडीलाई 'साइप्रिया' भनिन्छ। अङ्ग्रेजीमा यसलाई काउरी, फेन्ज जर्मनी र रूसी भाषामा यसलाई कुरडी भनिन्छ। हाम्रो यहाँ प्रचलित नाम कौडी नै हो।

यो गहुँको दानाको आकारदेखि लिएर हाम्रो हत्केलाको मुठी आकारसम्मको हुने गर्दछ। कौडी हिन्द महासागरको धेरैजसो क्षेत्रमा पाइन्छ भने उत्तरमा जापानदेखि लिएर दक्षिणमा न्यू साउथ वेल्ससम्म देख्न सकिन्छ। कौडी भू-मध्यसागर र अमेरिकाको दुवै तटहरूमा धेरै किसिमका कौडी पाइने गर्दछ। यसको केही जातिहरू समशीतोष्ण सागरहरू र महासागरहरूमा पनि पाइन्छ। समशीतोष्ण सागरहरूमा पाइने कौडी सानो हुन्छ भने त्यति राम्रो मानिँदैन। इङ्गल्याण्डको सागर तटहरूमा पनि यस्तै कौडी पाइन्छ।

विशेषज्ञहरूका अनुसार आज विश्वभरमा १६५ प्रकारका कौडीहरू उपलब्ध छ। यसमध्येमा पि्रन्स, ल्युकोट्रोन गट्टाटा, कुल्टन्स, वाक्लेस, ब्रोडरिया, युरेनियम र रीब्ज नामका कौडीहरू श्रेष्ठ मानिन्छ। यस श्रेष्ठ कौडीहरूमा सर्वाधिक श्रेष्ठ हुन् - प्रिन्स कौडी।

मूल्यवान कौडीहरू[सम्पादन गर्ने]

कौडीहरू मूल्यवान पनि हुन्छ। यसको मूल्य यसको आकृतिको आधारमा तय गर्ने गरिन्छ। कौडीहरूको मूल्य आज केही पैसादेखि लिएर एक करोडसम्म पर्छ। प्रिन्स नामक कौडी विश्वभरमा केवल एउटै मात्रै छ, जुन ब्रिटिश सङ्ग्रहालयमा सङ्ग्रहित छ। सन् १९६१मा यसको मूल्य ४५ हजार रूपियाँ थियो भने आज यसको मूल्य लगभग २ करोड ५० लाख रूपियाँ आँकिएको छ। ल्युकोट्रोन नामक कौडी सन् १८२८ सम्म एउटै थियो। सन् १८६० मा एउटाबाट बढेर दुईवटा पुग्यो र सन् १८६५ सम्म ल्युकोट्रोन कौडीको सङ्ख्या बढेर सातसम्म पुग्यो। गट्टाटा नामक कौडीको सङ्ख्या आज विश्वभरिमा लगभग २५ देखि ३० वटा रहेको अनुमान छ। वर्तमान समयमा एउटा गट्टाटा कौडीको मूल्य २० हजार रूपियाँभन्दा बढी छ। रिब्ज नामक कौडीको मूल्य ५ हजार रूपियाँ छ। युरेनियम नामक कौडीको मूल्य अमेरिकामा लगभग २ हजार अमेरिकी डलर छ र मिडवे सायनसिम नामक कौडीको मूल्य जापानमा लगभग दुई हजार अमेरिकी डलरसम्म पर्छ।

आज कौडीको आर्थिक महत्त्व त त्यति धेरै छैन, तर समृद्धि र लक्ष्मीको प्रतीकको रूपमा आज पनि यसलाई पूजा गर्ने गरिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]