"क्यान्डी" लेख यहाँ रिडाइरेक्ट हुन्छ। कृपया लेखको अरू उपयोगका लागि क्यान्डी (स्पष्टता) हेर्नुहोला।
क्यान्डी (सिंहली: මහ නුවර Maha Nuvara, pronounced [mahaˈnuʋərə]; तमिल: கண்டி kaṇṭi, pronounced [ˈkaɳɖi] श्रीलंकाको मध्य भागमा अवस्थित सहर हो । यो शहर कोलम्बोबाट १ सय १५ किलोमिटर टाढा तथा समुद्री सतहदेखि ४ सय ६५ मिटर उचाइमा छ । यो श्रीलंकाको पुरानो केन्द्रीय राजधानी हो। यसको वास्तविक नाम महा नुवारा अर्थात् महाननगर हो। चौधौं शताब्दीमा स्थापना भएको यो सहरका पुराना महलहरूमा औपनिवेशिक झलक देख्न पाइन्छ। यो सहरको डाल्दा मालिगावा ( टेम्पल अफ टुथ) विश्व सम्पदा सूचीमा पनि सूचीकृत छ। यहाँ गौतम बुद्धको एउटा दाँत राखिएको विश्वास गरिन्छ। प्रत्येक वर्ष जुलाई-अगस्टमा यहाँ आयोजना हुने क्यान्डी पेराहेरा कार्यक्रममा उक्त दाँत मानिसहरूको दर्शनका लागि निकालिन्छ। कार्यक्रमका क्रममा बजाइने बाजा, नृत्य एवं हात्तीहरूको लस्कर विश्वभर परिचित छ । यो सहरमा हेर्नलायक थुप्रै कुरा छन । यात्राको सुरुवात टेम्पल अफ टुथबाट सुरु गर्न सकिन्छ जुन विश्व सम्पदा सूचीमा पनि सूचीकृत छ । यहाँ गौतम बुद्धको एउटा दाँत राखिएको छ । प्रत्येक वर्ष जुलाई-अगस्टमा यहाँ आयोजना हुने क्यान्डी पेराहेरा कार्यक्रममा उक्त दाँत मानिसहरूको दर्शनका लागि निकालिन्छ । कार्यक्रमका क्रममा बजाइने बाजा, नृत्य एवं हात्तीहरूको लस्कर विश्वभर परिचित छ । मन्दिरसँगै रहेको महलको एक भागमा पुरातन संग्रहालय बनाइएको छ । टेम्पल टुथको नजीकै क्यान्डी ताल छ । क्यान्डीलाई राम्रोसँग हेर्न भ्यु टावर जानुपर्छ । यहाँ प्राकृतिक सुन्दरताका साथै मनैदेखि शान्ति महसुस हुन्छ । क्यान्डीमा बेलुकीको समयमा संचालन हुने कल्चरल शो हेर्न छुटाउनु हुँदैन जसको सुरुवात पाँच वटा फरक-फरक बाजाबाट सुरु हुन्छ । गुरूलाई समर्पण गरिएको कोब्रा डान्ससँगै अन्त्य हुने यो कार्यक्रममा रोमाञ्चकारी आगोको खेल पनि देखाइन्छ । यसमा कलाकारहरूले कोइलामा हिँड्ने र बलिरहेको अगुल्टो शरीरमा लगाउने खेल पनि देखाउँछन् । पत्थरप्रेमी माइनिङ वर्कसप हेर्न बिर्सनु हुँदैन । दम्बुलाको गुफा मन्दिर पनि दर्शनयोग्य छ जुन पौराणिक अजन्ता अलोराको समयको मानिन्छ । यो गुफालाई भगवान् बुद्धको जीवन्त मूर्तिद्वारा सजीव बनाइएको छ । क्यान्डीबाट कोलम्बो जाने बाटोबाट बाहिर निस्कनासाथ पिरदेनिया बोटानिकल बगैंचा छ । १ सय ४७ हेक्टरमा फैलिएको यो बगैंचामा ४ हजारभन्दा बढी प्रजातिका रुख-बिरुवा छन । त्यहाँको बम्बु संग्रहालय वर्णनयोग्य छ । एलिफेन्ट आर्फनेजमा हात्तीले बोतलबाट दूध पिएको, खाना खाएको र पानीमा पौडिएको दृश्य हेर्न सकिन्छ । क्रिकेट स्टेडियम पनि पर्यटकका लागि लोकपि्रय छ ।
- टेम्पल अफ टुथ :-यसलाई डाल्दा मालिगावाका नामले पनि चिनिन्छ । भगवान् बुद्धको दाँत रहेकाले पनि उक्त स्थान बौद्ध धर्मावलम्वीहरूका लागि अत्यन्त पवित्र मानिन्छ । यो मन्दिर सत्रौं शताब्दीमा निर्माण गरिएको हो । भर्खरै त्यहाँ सुनको छाता थपिएको छ । यो मन्दिरमा दैनिक बिहान, दिउँसो र बेलुकी पूजाआजा हुन्छ ।
- गाडाल डेनिया मन्दिर :- यो मन्दिर सन् १३४४मा बनेको हो । मन्दिर सहरबाट १५ किलोमिटर टाढा अग्लो स्थानमा छ । द्रबिडियन कलाले सजिएको यो मन्दिरले मुख्यतः गाउँले परिवेशको झझल्को दिन्छ ।
- पेराडेनिया बगैंचा :- प्रकृतिप्रेमीहरूलाई आनन्द प्रदान गर्ने यो प्राकृतिक बगैंचा चौधौं सताब्दीमा राजा विक्रमा बहु तेस्रोको पालामा निर्माण गरिएको थियो । त्यहाँको मुख्य आकर्षण सुनगाभा घर हो जहाँ ३ सयभन्दा विभिन्न प्रजातिका सुनगाभा छन । त्यहाँ मसलाका रुखको बगैंचा पनि छ जसबाट रुखहरूको जानकारीका साथै ती मसलाका रुखबाट आयुर्वेदिक औषधि निर्माण हुने कुराको जानकारी पनि पाउन सकिन्छ ।
- एम्बिक मन्दिर :- चौधौं शताब्दीमा भगवान् कतरगामालाई समर्पण गर्दै निर्माण गरिएको यो मन्दिर काष्ठकलाको नमुना नै हो । पूर्णरूपमा काठबाट बनाइएका घरहरूमा नर्तक, संगीत, कुस्ती, पौराणिक जनावर एवं चराका चित्र कुँदिएका छन । नजीकै प्राचीन आराम घर छ जुन ढुंगा छापिएका स्तम्भहरूले निर्माण गरिएका छन ।
- लन्काटिकला मन्दिर :- लन्काटिकला मन्दिर चौधौं शताब्दीमा निर्माण भएको हो । यो अग्लो ढुंगामा बनाइएको छ । यसलाई पान्हाल्गला पनि भनिन्छ । यो मन्दिरबाट वरिपरि रहेका मनोरम पहाडहरू, विभिन्न प्रजातिका बिरुवा एवं धान खेतको दृश्य हेर्न सकिन्छ ।
- क्नुकल पहाड :- क्नुकल पहाड शृंखला नब्बे स्क्वायर माइलमा फैलिएको छ । यो माउन्टेनमा ३ हजार फिटभन्दा अग्ला ३५ वटा चुचुरा छन। यो पहाड दुम्बारा उपत्यकाभन्दा माथि छुट्टै छ । यो बिरुवा र जनावरले सम्पन्न ठाउँ हो ।
- हन्थाना पहाड :- हन्थाना पहाडले क्यान्डीलाई बाहिरबाट पूरै ढाकेको छ । यो नदी एवं खोलानालाको स्रोत पनि हो । हन्थाना पहाड पदयात्रा गर्नेहरूका लागि उपयुक्त गन्तव्य हो ।
- उडावाटे केले :- उडावाटे केले पहिलो पुरानो जंगल हो जुन डलडा मालिगावामाथि छ । यसलाई राजा क्यान्डीको हराएको जंगल पनि भनिन्छ । यहाँ विभिन्न खालका रुख छन् जसमा पंखा बनाउने रुख, मसला, ओलिभ, पाम, सुपारी एवं मारा आदिका रुख प्रमुख मानिन्छन ।
- डाल्दा मालिगावा :- भगवान् बुद्धको दाँत रहेकाले पनि उक्त स्थान बौद्ध धर्मावलम्वीहरूका लागि अत्यन्त पवित्र मानिन्छ। यो मन्दिर सत्रौं शताब्दीमा निर्माण गरिएको हो। भर्खरै त्यहाँ सुनको छाता थपिएको छ। यो मन्दिरमा दैनिक बिहान, दिउँसो र बेलुकी पूजाआजा हुन्छ।
- गाडाल डेनिया मन्दिर :- यो मन्दिर सन् १३४४मा बनेको हो। मन्दिर सहरबाट १५ किलोमिटर टाढा अग्लो स्थानमा छ। द्रबिडियन कलाले सजिएको यो मन्दिरले मुख्यतः गाउँले परिवेशको झझल्को दिन्छ।
- पेराडेनिया बगैंचा :- प्रकृतिप्रेमीहरूलाई आनन्द प्रदान गर्ने यो प्राकृतिक बगैंचा चौधौं सताब्दीमा राजा विक्रमा बहु तेस्रोको पालामा निर्माण गरिएको थियो। त्यहाँको मुख्य आकर्षण सुनगाभा घर हो जहाँ ३ सयभन्दा विभिन्न प्रजातिका सुनगाभा छन्। त्यहाँ मसलाका रुखको बगैंचा पनि छ जसबाट रुखहरूको जानकारीका साथै ती मसलाका रुखबाट आयुर्वेदिक औषधि निर्माण हुने कुराको जानकारी पनि पाउन सकिन्छ।
- एम्बिक मन्दिर :- चौधौ शताब्दीमा भगवान् कतरगामालाई समर्पण गर्दै निर्माण गरिएको यो मन्दिर काष्ठकलाको नमुना नै हो। पूर्णरूपमा काठबाट बनाइएका घरहरूमा नर्तक, संगीत, कुस्ती, पौराणिक जनावर एवं चराका चित्र कुँदिएका छन्। नजीकै प्राचीन आराम घर छ जुन ढुंगा छापिएका स्तम्भहरूले निर्माण गरिएका छन्।
- लन्काटिकला मन्दिर :- लन्काटिकला मन्दिर चौधौं शताब्दीमा निर्माण भएको हो। यो अग्लो ढुंगामा बनाइएको छ। यसलाई पान्हाल्गला पनि भनिन्छ। यो मन्दिरबाट वरिपरि रहेका मनोरम पहाडहरू, विभिन्न प्रजातिका बिरुवा एवं धान खेतको दृश्य हेर्न सकिन्छ।
- क्नुकल पहाड :- क्नुकल पहाड शृंखला नब्बे स्क्वायर माइलमा फैलिएको छ। यो माउन्टेनमा ३ हजार फिटभन्दा अग्ला ३५ वटा चुचुरा छन्। यो पहाड दुम्बारा उपत्यकाभन्दा माथि छुट्टै छ। यो बिरुवा र जनावरले सम्पन्न ठाउँ हो।
- हन्थाना पहाड :- हन्थाना पहाडले क्यान्डीलाई बाहिरबाट पूरै ढाकेको छ। यो नदी एवं खोलानालाको स्रोत पनि हो। हन्थाना पहाड पदयात्रा गर्नेहरूका लागि उपयुक्त गन्तव्य हो।
- उडावाटे केले: उडावाटे केले पहिलो पुरानो जंगल हो जुन डलडा मालिगावामाथि छ। यसलाई राजा क्यान्डीको हराएको जंगल पनि भनिन्छ। यहाँ विभिन्न खालका रुख छन् जसमा पंखा बनाउने रुख, मसला, ओलिभ, पाम, सुपारी एवं मारा आदिका रुख प्रमुख मानिन्छन्।
- Seneviratna, Anuradha (2008), The Kandy Asala Perahara, Sri Lanka: Vijitha Yapa Publications, ISBN 955-665-017-4, <http://www.vijithayapa.com/pdesc.php?id=24613>
- Seneviratna, Anuradha (1999), World Heritage City of Kandy, Sri Lanka: Conservation and Development Plan, Sri Lanka: Central Cultural Fund, ISBN 955-613-126-4
- Seneviratna, Anuradha (2008), Gateway to Kandy - Ancient monuments in the central hills of Sri Lanka, Sri Lanka: Vijitha Yapa Publications, ISBN 955-665-025-9, <http://www.srilankanbooks.com/pdesc.php?id=24684>
- Seneviratna, Channa (2004), Kandy at War: Indigenous Military Resistance to European Expansion in Sri Lanka 1594-1818, Manohar, ISBN 81-7304-547-X